site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कप्तान पूजाको शतकमा कुवेतविरुद्ध नेपालको विशाल लक्ष्य 

काठमाडौं । आईसीसी यू–१९ महिला ट्वान्टी–२० विश्वकपको एसिया छनोटमा नेपालकी कप्तान पूजा महतोले कुवेतविरुद्ध शतक बनाएकी छन् । 

मंगलबार यूएईको सेभेन डिस्ट्रिक मैदानमा जारी खेलमा टस जितेर ब्याटिङमा आएको नेपालबाट आक्रामक रूपमा पूजाले शतक बनाएकी हुन् । उनले ५७ बलमा १०० रन पूरा गरिन् । जारी प्रतियोगितामा कुनै पनि टिमका खेलाडीले बनाएको यो पहिलो शतक हो । 

पूजा नेपाली युवा महिला टिमबाट शतक प्रहार गर्ने पहिलो खेलाडी समेत बनेकी छन् । जारी खेलको पहिलो इनिङमा नेपालले कुवेतविरुद्ध निर्धारित २० ओभरमा दुई विकेट गुमाएर २१३ रन बनाएको छ । योसँगै कुवेतले जितका निम्ति २१४ रनको लक्ष्य पाएको छ । 

नेपालकी कप्तान पूजाले ६९ बलमा १७ चौकासहित १३० रन बनाइन् । यस्तै, सोनु पाख्रिनले ३३ बलमा दुई चौकासहित ४३ रन बनाइन् । कुवेतकी जिफा जिलानी र राइलिन मारिया डी सुजाले समान एक विकेट लिए ।
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, कात्तिक २७, २०८१  १३:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro