site stats
बाह्रखरी :: Baahrakhari
कला
‘ग्ल्याम नेपाल इन्टरनेसनल–२०२४’का लागि ३० मोडल छनोट

काठमाडौं । ‘ग्ल्याम नेपाल इन्टरनेसनल–२०२४’का लागि ३० मोडल छनोट भएका छन् । अडिसनबाट ६ मेल र २४ फिमेल सहित ३० मोडल छानिएका हुन् ।

अडिसनमा मेल र फिमेल गरेर दुई सयभन्दा बढीले अडिसन दिएका थिएमा आयोजकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

छनोट भएका मोडलको नामावली केही समयपछि सार्वजनिक गर्ने आयोजक प्रारम्भ प्रोडक्सनका फाउन्डर निर्देशक पवन आचार्यले बताएका छन् ।

छनोट चरणको निर्णायकमा डा. उदीप श्रेष्ठ, युवराज श्रेष्ठ, सुस्मा कार्की, रमिला नेमकुम र दीपक ज्ञवाल थिए ।

फेसन शो ‘ग्ल्याम नेपाल इन्टरनेसनल–२०२४’ आगामी १४ डिसेम्बरमा होटेल याक एण्ड यतिमा आयोजना हुँदै छ । 
 

प्रकाशित मिति: मंगलबार, कात्तिक २७, २०८१  ०६:४९
प्रतिक्रिया दिनुहोस्