site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
लुम्बिनी लायन्सको ब्रान्ड एम्बेसडरमा अभिनेता राजेश हमाल 

काठमाडौं । लुम्बिनी लायन्सले चर्चित अभिनेता राजेश हमाललाई आगामी एनपीएलका लागि आफ्नो ब्रान्ड एम्बेसडर घोषणा गरेको छ । सोमबार नक्सालस्थित हिल्टन होटेलमा आयोजित एक पत्रकार सम्मेलनमा यसको घोषणा गरेको हो । 

नेपाली चलचित्र उद्योगमा दशकौँ लामो योगदान दिएका राजेश हमाल पर्दामा आफ्नो शक्तिशाली डाइलग डेलिभरी तथा एक्सनले चर्चित छन् भने पर्दा बाहिर पनि आफ्नो बौद्धिकता र व्यक्तित्वले परिचित छन् । नेपाली चलचित्रको क्षेत्रमा उनको असाधारण योगदानले उनलाई ʻमहानायक’ को रूपमा पनि चिनिन्छ । 

Dabur Nepal
NIC Asia

ब्रान्ड एम्बेसडरको रूपमा लुम्बिनी लायन्समा आबद्ध भई नेपाली खेलकुदमा पनि आफ्नो प्रेरणादायी उपस्थिति जनाएका छन् । ब्रान्ड एम्बेसडरको रूपमा नियुक्त भएपछि हमालले भने, “लुम्बिनी लायन्ससँगको यस सहकार्यले मलाई अत्यन्त खुसी र गर्व महसुस गराएको छ । लुम्बिनी लायन्सको एनपीएलमा सफलता हासिल गर्ने लक्ष्य मात्र नभई समग्र क्रिकेट खेललाई नै प्रवर्धन गर्ने प्रतिबद्धता साँच्चै नै प्रेरणादायी छ । म यो सहकार्यमार्फत लुम्बिनी लायन्स तथा नेपालीे क्रिकेटको प्रवर्धनमा आफ्नो योगदान दिन पाउँदा अत्यन्त उत्साहित छु ।” 

लुम्बिनी लायन्सका अध्यक्ष ईश्वर जिसीले हमाललाई ब्रान्ड एम्बेसडरको रूपमा स्वागत गर्दै भने, “चलचित्र जगतको ‘लायन’लाई लुम्बिनी लायन्समा भित्राउन पाउँदा हामी निकै खुसी छौँ । हाम्रो लक्ष्य भनेको लुम्बिनी लायन्सलाई समग्र रूपमा एनपीएलको उत्कृष्ट टिम बनाउने हो र उहाँको आगमनले हाम्रो त्यही लक्ष्यतर्फको पाइलालाई झनै बलियो बनाएको छ । लुम्बिनीलाई एकदमै महत्त्व दिएर हामी अगाडि बढिरहेका छौँ र सोही अनुरुप कप्तान, कन्सुल्टेन्त कोच तथा ब्रान्ड एम्बेसडर साइन गरेका छौँ । म आफैँ पनि लुम्बिनीमै जन्मेको र क्रिकेट खेलसँग पनि भावना जोडिएकोले मलाई गर्वको महसुस भइरहेको छ ।” 

लुम्बिनी लायन्सको यो नयाँ घोषणाले यस प्रान्चाइजका साथै नेपाली खेलकुदमा नै नयाँ उत्साह र ऊर्जा थप्नेछ । नेपाल प्रिमियर लिग (एनपीएल) आगामी १५ मंसिरदेखि ६ पुससम्म चल्नेछ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक २६, २०८१  १६:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro