site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ला लिगामा बार्सिलोनाको दोस्रो हार

काठमाडौं । स्पेनिस ला लिगामा लिग लिडर बार्सिलोना पराजित भएको छ । बार्सिलोनालाई आइतबार रियाल सोसिडाडले १–० ले हराएको हो ।

एनोइटा रंगशालामा शेराल्डो बेकरले गरेको गोल घरेलु टिमको जितमा निर्णायक बन्यो । उनले ३३औँ मिनेटमा लुका सुचिकको पासलाई पोस्टको दिशा दिएका थिए ।

खेलभर बार्सिलोनाले सोसिडाडको पोस्टमा एकपटक पनि प्रहार गर्न सकेन । जारी सिजन बार्सिलोनाले विपक्षीको पोस्टमा एकपटक पनि प्रहार गर्न नसकेको यो पहिलोपल्ट हो ।

हारका बाबजुद बार्सिलोना १३ खेलबाट ३३ अंकका साथ शीर्ष स्थानमा कायम छ । तर, यो हारले बार्सिलोनाले शीर्ष स्थानमा अग्रता फराकिलो बनाउने अवसर खेर फालेको छ । बार्सिलोनालाई पछ्याइरहेको रियाल मड्रिडले १२ खेलबाट २७ अंक जोडेको छ । सोसिडाड समान खेलबाट १८ अंकसहित तालिकाको आठौँ स्थानमा छ ।

लिगअन्तर्गत आइतबारै सम्पन्न अन्य खेलमा एट्लेटिको मड्रिडले मायोर्का, जिरोनाले गेटाफे र लेग्नेसले सेभियालाई समान १–० ले पराजित गरे । यस्तै, सेल्टा भिगो रियाल बेटिससँग २–२ र भायाडोलिड एथलेटिक्स क्लब बिल्बाओसँग १–१ को बराबरीमा रोकिए ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक २६, २०८१  १०:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro