site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
नेपाल–बंगलादेशबीच जनस्तरमा सम्बन्ध विस्तार हुनुपर्छ : ऊर्जामन्त्री

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपाल–बंगलादेशबीच जनस्तरमा सम्बन्ध विस्तार हुनुपर्ने बताएका छन् ।

साउथ एसिया बिजनेश पार्टनरसीपले आज यहाँ आयोजना गरेको ‘एसियन बिजनेश पार्टनरसीप समिट तथा अवार्ड वितरण समारोह’ मा उनले पाँच दशक लामो सम्बन्ध रहेको नेपाल र बंगलादेशबीच रहीआएको सम्बन्ध जनस्तरमा विस्तार हुनुपर्ने उल्लेख गरे ।

ऊर्जामन्त्री खड्काले नेपाल र बंगलादेशबीच हालै ऊर्जा क्षेत्रमा समेत व्यापारिक सम्बन्ध विस्तार गरेको बताए । “हालै नेपालबाट ४० मेगावाट विद्युत् बंगलादेश निर्यात गरेर ऊर्जा क्षेत्रमा नेपाल भारत र बंगलादेशबीच त्रिदेशीय सम्बन्ध विस्तार गरेका छौँ,” मन्त्री खड्काले भने । उनले नेपालको स्रोतको अत्यधिक प्रयोग गरेर बंगलादेशको ऊर्जा आवश्यकतालाई पूरा गर्न लागिएको भन्दै नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्न बंगलादेशका व्यवसायीलाई आग्रह समेत गरे  ।

कृषि क्षेत्रमा आत्मनिर्भर भई विदेशमा समेत बिक्रीवितरण गर्दै आएको भन्दै मन्त्री खड्काले बंगलादेशबाट नेपालले समेत पाठ सिक्न जरुरी रहेको बताए । नेपाल र बंगलादेशबीच आवतजावतमा भिसाको समस्या रहेको भन्दै उक्त समस्या समाधानमा सरकारले काम गर्ने उल्लेख गरे । 

प्रकाशित मिति: शुक्रबार, कात्तिक २३, २०८१  २३:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro