site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
किम जोङको उत्तराधिकारी बन्ने लाइनमा कान्छी छोरी !

काठमाडौं । उत्तर कोरियाका ‘सर्वोच्च नेता’ किम जोङ उनले आफ्नी १०/११ वर्षीया छोरीलाई उत्तराधिकारी बनाउने संकेत देखाएका छन् । दक्षिण कोरियाको सरकारी गुप्तचर संस्थाका अनुसार, किमले आफ्नी छोरी किम–जुएईलाई उत्तराधिकारी बनाउन संकेत देखाएका हुन् ।

किमकी छोरी जुईए सन् २०२२ मा आफ्ना बुबासँग पहिलोपटक एउटा मिसाइल परीक्षण कार्यक्रममा देखिएकी थिइन् । किमका तीन सन्तान छन् । जुईए किमसँगै सार्वजनिक समारोहमा देखा पर्ने उनकी कान्छी छोरी हुन् ।
सन् २०२२ पछि लामो समय बुबासँगै सार्वजनिकस्थलमा देखा नपरेकी जुएई पछिल्लो समय नियमितजसो सार्वजनिक कार्यक्रममा देखा पर्छिन् ।

Dabur Nepal
NIC Asia

उत्तर कोरियाका सञ्चारमाध्यमले सुरुमा उनलाई ‘किमकी प्रिय छोरी’ भनेर सम्बोधन गर्थे । तर, अहिले ‘सम्मानित’ ‘देशको बिहानीको तारा’ भनेर सम्बोधन गर्छन् । यी उपनामहरू यसअघि उत्तर कोरियाको शासनका पुग्ने सम्भावित व्यक्तिका लागि प्रयोग हुँदै आएका छन् । त्यसकारण किमकी छोरी नै किमकी उत्तराधिकारी हुने अनुमान गर्न थालिएको छ । तर, उनी बुबाको उत्तराधिकारी बन्छिन् कि बन्दिनन् भन्ने आधिकारिक जानकारी छैन ।

यसअघि, किमकी बहिनी किम यो जोङ पनि यसैगरी सार्वजनिक समारोहमा देखा पर्थिन् । किमको अन्तर्राष्ट्रिय विभागसमेत उनैले सम्हाल्थिन् । त्यतिखेर किमकी बहिनी किम यो जोङ किमको उत्तराधिकारी बन्न सक्ने अनुमान गरिएको थियो । तर, पछिल्लो समय किमसँगै सार्वजनिक समारोहमा उनकी छोरी देखिन थालेपछि किमकी बहिनी उत्तराधिकारी बन्ने सम्भावना कम भएको अनुमान गर्न थालिएको छ ।

एपीबाट ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक २५, २०८१  ०७:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro