site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
उपनिर्वाचन हुन लागेका स्थानमा कसले कति पाएका थिए मत ? 

काठमाडौं । आउँदो मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनको सरगर्मी बढेको छ । दलहरू आफ्नो पक्षमा माहोल बनाउन गृहकार्यमा छन् ।

०७९ को निर्वाचनपछि रिक्त स्थानीय तहका ४२ स्थान (जिल्ला समन्वय समितिबाहेक)मा उपनिर्वाचन हुँदै छ । दलहरू उमेदवार छान्न लागिपरेका छन् । उपनिर्वाचनमा दलहरूको शक्ति परीक्षण हुनेछ । प्रमुख दलहरू एक्लाएक्लै चुनाव लड्ने तयारीमा देखिएका छन् ।

एक नगरपालिका प्रमुख, एक उपप्रमुख, दुई गाउँपालिका अध्यक्ष, चार उपाध्यक्ष र विभिन्न स्थानीय तहका रिक्त वडाध्यक्ष पदका निम्ति उपनिर्वाचन हुन लागेको हो । स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्षमा रिक्त अधिकांश पद यसअघि नेपाली कांग्रेसले जितेको थियो ।

Dabur Nepal
NIC Asia

रिक्तमध्ये एक नगरप्रमुख, एक उपप्रमुख, दुई गाउँपालिका अध्यक्ष, दुई उपाध्यक्षमा कांग्रेसबाट जनप्रतिनिधि निर्वाचित भएका थिए । नेकपा (माओवादी केन्द्र)बाट निर्वाचित जनप्रतिनिधि रहेका दुई गाउँपालिका उपाध्यक्ष पद रिक्त छ । यी अधिकांश स्थानमा जनप्रतिनिधिको निधन भएपछि पद रिक्त भएका हुन् ।

उपनिर्वाचन हुन लागेका स्थानमा कसले कति मत पाएका थिए ? 
मंसिर १६ गते उपनिर्वाचन हुन लागेका स्थानमध्ये एक हो, काठमाडौंको कीर्तिपुर नगरपालिका । कीर्तिपुर नगरपालिकाको प्रमुख र कीर्तिपुर–१ र ४ मा रिक्त वडाध्यक्ष पदका निम्ति उपनिर्वाचन हुन लागेको हो ।

कांग्रेसबाट नगरप्रमुख जितेका राजकुमार नकर्मीको निधनपछि उक्त पद रिक्त छ । ०८१ साउन १० गते उनको निधन भएको थियो । मिर्गौलासम्बन्धी रोगबाट पीडित नकर्मीको उपचारका कममा निधन भएको हो ।

०७९ को स्थानीय तह निर्वाचनमा उनले नौ हजार ४३ मत प्राप्त गरेका थिए । उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का उमेदवार केशरत्न बज्राचार्यले पाँच हजार ५०७ मत पाएका थिए । उनीहरूबीचको मतान्तर तीन हजार ५३६ थियो ।

त्यहाँ माओवादी केन्द्रका शिवशरण महर्जनले चार हजार ९०, नेकपा (एकीकृत समाजवादी)का बटुकृष्ण थापाले एक हजार १५३ मत ल्याएका थिए । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का जितबहादुर बिष्टले ५७२, नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का श्रीकृष्ण महर्जनले ५३२, स्वतन्त्र उमेदवार मनोज बुढाथोकीले ३६५, नेपाली कांग्रेस (बीपी)का प्रविद् खनालले ८१ मत प्राप्त गरेका थिए ।

यस्तै, आमूल परिवर्तन मसिहा पार्टीका श्यामकाजी महर्जनले २१, स्वतन्त्र उमेदवार भीमकुमार महर्जनले १३ मत ल्याएका थिए ।

ग्रामथान गाउँपालिका
मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्षका निम्ति पनि उपनिर्वाचन हुँदै छ । पालिका अध्यक्ष जयप्रकाश गच्छदारको निधनपश्चात् उक्त पद रिक्त छ । ०८१ असार ३ गते उनको निधन भएको थियो ।

स्थानीय तह निर्वाचनमा कांग्रेसका गच्छदार निर्वाचित भएका थिए । उनले सात हजार ६०५ मत प्राप्त गरेका थिए । उनका निकटतम प्रतिस्पर्धी एमालेका शिवनारायण माझी थारुले ६ हजार ९३ मत ल्याएका थिए । उनीहरूबीचको मतान्तर एक हजार ५१२ थियो ।

त्यहाँ माओवादी केन्द्रका विजयकुमार सरदारले दुई हजार ७२७, राप्रपाका पखुलाल विश्वासले ४४७, एकीकृत समाजवादीका राकेश चौधरीले १३९ मत पाएका थिए ।

यस्तै, जनमत पार्टीका उमेदवार पञ्चनारायण चौधरी थारुले ९८, नेपाल नेमकिपाका मनोजकुमार चौधरीले चार मत प्राप्त गरेका थिए ।

महाबु गाउँपालिका
दैलेखको महाबु गाउँपालिकाका अध्यक्ष लछुमन गुरुङको पनि उपचारका क्रममा निधन भएको थियो । ०७९ माघ २७ गते उनको निधन भएको भयो । उनी कांग्रेसका तर्फबाट निर्वाचित भएका थिए ।

एमालेका हरिप्रसाद उपाध्यायलाई पराजित गर्दै गुरुङ पालिका अध्यक्ष बनेका थिए । गुरुङ ४६० मतान्तरले निर्वाचित भएका थिए । उनले दुई हजार ९७९ र उपाध्यायले दुई हजार ५१९ मत पाएका थिए ।

यस्तै, एकीकृत समाजवादीका जंगबहादुर शाहीले दुई हजार २६८, नेमकिपाका बमबहादुर सिंहले ५८, स्वतन्त्र उमेदवार विष्णुकुमार बुढाले २२ मत ल्याएका थिए । राप्रपाका राजबहादुर सिंहले १५ र अर्का स्वतन्त्र दिनेशबहादुर सिंहले एक मत ल्याएका थिए । 

नलगाड नगरपालिका
भूकम्पमा परी जाजरकोटको नलगाड नगरपालिकाकी उपप्रमुख सरिता सिंहको मृत्यु भयो । ०८० कात्तिक १७ गतेको भूकम्पमा उनको निधन भएपछि पद रिक्त छ ।

कांग्रेसका तर्फबाट निर्वाचित सिंहले पाँच हजार ४०६ मत ल्याएकी थिइन् । निकटम प्रतिस्पर्धी एमालेकी सुनिता बोहराले तीन हजार ३९३ मत पाएकी थिइन् ।

त्यहाँ स्वतन्त्र उमेदवार सुशीलाकुमारी शाहीले ९४, राप्रपाकी डम्बरकुमार बानियाँले ४८ मत ल्याएकी थिइन् ।

गौरीशंकर गाउँपालिका
दोलखाको गौरीशंकर गाउँपालिकाको उपाध्यक्ष पदका निम्ति पनि उपनिर्वाचन हुँदै छ । कांग्रेसका तर्फबाट पालिका उपाध्यक्षमा निर्वाचित श्यामसुन्दर तामाङको निधनपश्चात् पद रिक्त छ । ०८० असार ३१ गते हृदयाघातका कारण उनको निधन भएको थियो ।

कांग्रेस–माओवादी गठबन्धनबाट निर्वाचित तामाङले चार हजार ७४१ मत ल्याएका थिए । निकटतम प्रतिस्पर्धी एमालेकी मुना शिवाकोटीले तीन हजार २८१ मत ल्याएकी थिइन् । राप्रपाकी यशोदा पाठकले २४ मत पाएकी थिइन् ।

सर्केगाड गाउँपालिका
हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्ष पद पनि रिक्त छ । माओवादीका तर्फबाट उपाध्यक्षमा निर्वाचित चन्द्रसिंह कार्कीको निधनपश्चात् पद रिक्त भएको हो । ०८१ भदौ ४ गते सवारी दुर्घटनामा परी उनको निधन भएको थियो ।

स्थानीय तह निर्वाचनमा उक्त पालिकामा कांग्रेस–माओवादी गठबन्धन थियो । कार्कीले तीन हजार २६९ मत ल्याएका थिए । एमालेकी जुनकुमारी फडेरा एक हजार ६४ मत ल्याएर पराजित भएकी थिइन् ।

वामीकार्तिक खापर गाउँपालिका
बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाको उपाध्यक्ष पद पनि रिक्त छ । कांग्रेसका तर्फबाट उपाध्यक्षमा निर्वाचित मैना जोशीको निधनपश्चात् पद रिक्त भएको हो । ०८० माघ ४ गते उनको निधन भएको थियो । उनले एमालेकी सुलोचनाकुमारी भण्डारीलाई पराजित गरकी थिइन् ।

जोशीले एक हजार ८१० मत प्राप्त गरेकी थिइन् । भण्डारीले एक हजार ६३७ मत ल्याएकी थिइन् । उनीहरूबीचको मतान्तर १७३ थियो । त्यहाँ माओवादीका सुरेशबहादुर रोकायाले एक हजार २१३ र स्वतन्त्र उमेदवार वीरसिंगे विकले ४१ मत पाएका थिए ।

पुथाउत्तरगंगा गाउँपालिका
रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिकाको उपाध्यक्ष पदका निम्ति पनि उपनिर्वाचन हुँदै छ । स्थानीय तह निर्वाचनमा माओवादीका तर्फबाट निर्वाचित उपाध्यक्ष भूपेन्द्रा बुढामगरको निधनपश्चात् पद रिक्त छ । गएको भदौ २८ गते सवारी दुर्घटनामा परी उनको निधन भएको थियो ।

०७९ को निर्वाचन जितेर उपाध्यक्ष बनेकी बुढाले चार हजार ५९ मत ल्याएकी थिइन् । निकटतम प्रतिस्पर्धी कांग्रेसकी कमलाकुमारी मल्लले दुई हजार १०, एमालेकी धर्मघर्ती बुढाले एक हजार ८१२ मत पाएकी थिइन् ।

मंसिर १६ गते ३४ वडाध्यक्ष पदका निम्ति समेत उपनिर्वाचन हुँदै छ । तीमध्ये काठमाडौं महानगरपालिका–१६ पनि एक हो । काठमाडौं–१६ कांग्रेसले जितेको थियो । वडाध्यक्षमा निर्वाचित मुकुन्द रिजालको निधनपश्चात् पद रिक्त छ । ०८० भदौ २१ गते उनको निधन भएको थियो ।

रिजालले चार हजार १९ मत पाएका थिए । निकटतम प्रतिस्पर्धी एमालेका लक्ष्मीरत्न तुलाधरले तीन हजार ३१० मत ल्याएका थिए ।

यस्तै, एकीकृत समाजवादीका लक्ष्मण गमालले एक हजार ५८९, राप्रपाकी विन्दिका गुरुङले ५५७ मत पाएका थिए । स्वतन्त्र उमेदवार शान्जे गुरुङले ३२२, अर्जुन थापा क्षेत्रीले २१६, नेमकिपाका श्रीराम महर्जनले ३२, अर्का स्वतन्त्र वसन्तराज भेटुवालले १९ र स्वतन्त्र रामशरण पौडेलले ६ मत प्राप्त गरेको निर्वाचन आयोगको तथ्यांक छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक २२, २०८१  १६:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro