site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
पठाओ र इनड्राइभमा चार गुणासम्म कसरी बढ्छ भाडा ?

काठमाडौं । तिहारको भाइटीकाका दिन राइड सेयर गर्ने कम्पनी इनड्राइभले चार गुणासम्म बढी भाडा लियो । सामाजिक सञ्जालमा प्रयोगकर्ताले इनड्राइभमा आफूले चर्को मूल्य तिरेको ‘स्क्रिन सट’ राखिरहेका छन् ।

राइड सेयरिङमा अरू बेला सामान्य हुँदा भाडा भाइटीकाका दिन कसरी बढ्यो ? राइड सेयरिङ कम्पनीले कसरी भाडा तय गर्छन् ? यसबारे हामीले नेपालमा चल्तीका दुई राइड सेयरिङ कम्पनी पठाओ र इनड्राइभसँग सोध्यौँ ।

पठाओले भाडा कसरी तय गर्छ ?
पठाओका प्रबन्ध निर्देशक असिममानसिंह बस्नेतका अनुसार, पठाओको न्यूनतम भाडा ३० रुपैयाँ हुन्छ । उनी भन्छन्, “यसलाई हामी बेस फेयर भन्छौँ । यो ३० रुपैयाँमा यात्रुको बिमा, राइडरको नाफा, इन्धन खर्चलगायत शुल्कहरू समावेश हुन्छन् ।”

Dabur Nepal
NIC Asia

अर्थात्, यात्रुले एक ठाउँबाट अर्को ठाउँ जान पठाओ गरे ‘बुक’ गरे न्यूनतम ३० रुपैयाँ शुल्क लाग्छ । “त्यसपछि एक किलोमिटरको १८ रुपैयाँ ३० पैसा शुल्क लाग्छ,” बस्नेत भन्छन् ।

यदि, यात्रुले एक किलोमिटर दूरी तय गर्न पठाओ बुक गरे ३० रुपैयाँ न्यूनतम र १८ रुपैयाँ ३० पैसा एक किलोमिटरको गरेर ४८ रुपैयाँ ३० पैसा शुल्क हुन आउँछ । बस्नेतका अनुसार, ४८ रुपैयाँ ३० पैसामा यात्रुले समयको पनि रकम तिर्नुपर्छ । प्रतिमिनेट २० पैसा यात्रुले तिर्नुपर्ने हुन्छ ।

उदाहरणका निम्ति एक किलोमिटर यात्रा गर्न १० मिनेट लागे १० मिनेटको २० पैसाका हिसाबले दुई रुपैयाँ हुन आउँछ । त्यसानुसार यात्रुले एक किलोमिटर यात्रा गर्न ५० रुपैयाँ ३० पैसा तिर्नुपर्ने हुन्छ ।

यात्रुले तिरेको शुल्कबाट अधिकतम ३० प्रतिशतसम्म पठाओले ‘कमिसन’ लिन्छ । बाँकी रकम राइडरले लिन्छन् ।

चाडबाडको समयमा किन बढी भाडा ?
बस्नेतले तिहारको समयमा पठाओको भाडा नबढेको जिकिर गरे । तर, यात्रु धेरै र राइडर थोरै भएमा स्वतः भाडा बढ्ने उनले सुनाए । “कुनै ठाउँमा यात्रु धेरै र राइडर थोरै भएमा ‘सर्ज’ लागु हुन्छ, यसले भाडा बढाउँछ,” बस्नेतले भने, “भाडा बढ्नुको अर्थ हो, पठाओले राइडरबाट अधिकतम ३० प्रतिशत शुल्क लिनु ।”

सामान्य अवस्थामा पठाओले राइडरबाट ३० प्रतिशतभन्दा कम नै शुल्क लिने गरेको बस्नेत बताउँछन् । “राइडर बढी र यात्रु थोरै भएमा हाम्रो एपले स्वतः हाम्रो कमिसन घटाएर २/३ प्रतिशतसम्म पुर्‍याउँछ,” उनले भने, “तर, राइडर थोरै र यात्रु धेरै भएमा एपले स्वतः कमिसनको प्रतिशत बढाउँछ । यो कमिसन ३० प्रतिशतभन्दा बढी हुँदैन ।” यो कमिसनको प्रतिशत बढ्दै जाँदा भाडा बढेको महसुस हुन्छ ।

भाडा बढ्नुको अर्को कारण हो, यात्रु लिन राइडर टाढाबाट आउनु । यात्रु लिन राइडर डेढ किलोमिटरभन्दा टाढाबाट आउनुपर्ने भएमा पनि भाडा बढ्ने बस्नेतले बताए । उनले भने, “राइडर यात्रुलाई लिन भनेर डेढ किलोमिटरभन्दा बढीको दूरीबाट आउनुपर्ने भएमा पनि भाडा बढ्छ ।” डेढ किलोमिटरसम्म भने ‘बेस फेयर’ नै लागु हुने र यसभन्दा लामो दूरीबाट आउनु परेमा भाडा बढ्न जान्छ ।

इनड्राइभले भाडा कसरी तय गर्छ ?
तपाईंहरूको ‘बेस फेयर’ कति हो ? भनेर हामीले इनड्राइभकी एसिया प्यासिफिक क्षेत्रकी जनसम्पर्क तथा सञ्चार अधिकृत पवितनन्दा आनन्दलाई सोध्यौँ । उनले भनिन्, “स्थानीय मान्यताअनुसार उक्त दूरी तय गर्न लाग्ने न्यूनतम भाडा र त्यसमा राइडरको नाफासँगै तेल खर्च पनि जोडिन्छ ।” तर, यो रकम कति हुने उनले खुलाइनन् ।

त्यसपछि हामीले इनड्राइभ राइडरहरूसँग कुरा गर्‍यौँ र उनीहरूले सामाजिक सञ्जालमा हालेका पोस्टहरू हेरेर इनड्राइभको न्यूनतम भाडा अर्थात् बेस फेयर १९ रुपैयाँ ५५ पैसा हो भनी थाह पायौँ । १९ रुपैयाँ ५५ पैसा इनड्राइभको बेस फेयर हो । इनड्राइभले यात्रुले तिरेको कुल शुल्कबाट १० प्रतिशत आफूले लिन्छ ।

पवितनन्दाले इनड्राइभमा यात्रु र राइडरले सहमतिमा भाडा तय गर्ने गरिएको सुनाइन् । यसरी सहमतिमा तय गरिने भाडा बेस फेयरभन्दा कम भने हुँदैन ।

भाइटीकाका दिन किन भाडा बढ्यो ?
भाइटीकाका दिन इनड्राइभमा चार गुणासम्म भाडा किन बढेको ? भनेर हामीले उनै इनड्राइभकी एसिया प्यासिफिक क्षेत्रकी जनसम्पर्क तथा सञ्चार अधिकृत पवितनन्दालाई सोध्यौँ । जवाफमा उनले भनिन्, “भाइटीकाको दिन काठमाडौंमा यात्रु धेरै र राइडर कम भएपछि एपमा प्राविधिक समस्या आएर भाडा बढ्न गएको हो ।”

माग र आपूर्तिबीच ‘ब्यालेन्स’ नहुँदा एपमा प्राविधिक समस्या आएको उनले जिकिर गरिन् । “तर, अब यो समस्या समाधान भइसकेको छ,” उनले भनिन् ।

इनड्राइभको वेबसाइटमा पनि इनड्राइभको कुनै बेस फेयर नहुने उल्लेख छ । वेबसाइटमा लेखिएअनुसार, स्थानीय बजार, यात्राको दूरी र यात्रु र राइडरबीचको आपसी सहमतिमा भाडा तय हुन्छ ।

इनड्राइभले आफ्नो बेस फेयर नहुने बताए पनि उक्त एपमा यात्रुले जानुपर्ने ठाउँको नाम राखेपछि ‘रिकमेन्डेड फेयर’ भनेर देखाउँछ । एपले देखाएको फेयरभन्दा यात्रुले कम तिर्न चाहेमा त्यसले लिँदैन । त्यसैले इनड्राइभमा बेस फेयर हुन्छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक २२, २०८१  १४:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro