site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सिटिजन्स बैंकद्वारा अखण्ड ज्योति बाबा स्वामी श्रीजी च्यारिटेबल ट्रस्टलाई सहयोग

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत लामो समयदेखि निरन्तर रूपमा सेवा भावले सञ्चालनमा रहेको अखण्ड ज्योति बाबा स्वामी श्रीजी च्यारिटेबल ट्रस्टलाई सहयोग गरेको छ । ट्रस्टमा अशक्त तथा पीडित व्यक्तिहरूलाई स्वास्थ्य, शिक्षा तथा आधारभूत सेवाहरू प्रदान गरिरहेको छ ।

यात्रीलाई निःशुल्क भोजन सेवा गराउने, धार्मिक सम्पदाहरूको संरक्षण, मर्मत तथा व्यवस्थापनमा सक्रिय योगदान, नारी शक्ति सशक्तीकरणका लागि शिक्षाको व्यवस्थासहित कन्या गुरुकूल सञ्चालन, गाई संरक्षण, पालनपोषणका काम ट्रस्टले गरिरहेको छ । त्यस्तै, व्यवस्थापनमार्फत धार्मिक एवं जैविक परम्पराको संरक्षण र यात्रुहरूको लागि विश्राम तथा आवासको व्यवस्थासहित सुविधा सम्पन्न धर्मशाला संचालन पनि ट्रस्टले गरिरहेको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

संस्थामा आयोजित एक समारोहबीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले सहयोग हस्तान्तरण गरेका हुन् । समारोहलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत पोखरेलले सेवा भावमा समर्पित ट्रस्टलाई सहयोग गर्न पाउँदा आफूलाई धेरै खुसी महसुस भएको बताए ।

सिटिजन्स बैंकले देशैभरका २०० वटा शाखा, १६८ वटा एटीएम, तीन विस्तारित काउन्टर र ७४ वटा शाखारहित बैंकिङ्ग ईकाइमार्फत सेवा दिँदै आएको छ ।  

प्रकाशित मिति: बुधबार, असार ११, २०८२  २१:३४
प्रतिक्रिया दिनुहोस्