site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
‘ह्रस्व दीर्घ’को ट्रेलरमा के छ, के भन्छन् हरिहर र नीता ?

काठमाडौं । नेपाली चलचित्र ह्रस्व दीर्घको ट्रेलर सार्वजनिक भएको छ । बुधबार काठमाडौंमा एक कार्यक्रमबीच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको ।

ट्रेलरमा एक्सन, प्रेम, विछोड र प्रेम प्राप्तिका लागि गरेको संघर्ष देखाइएको छ । नीता ढुंगाना र हरिहर अधिकारीको प्रेम, त्यसमा देखिएको अवरोध र प्रेमको बाटोका आएको अवरोध हटाउन गरेको संघर्ष र एक्सन चलचित्रको ट्रेलर अटाएको छ ।

सार्वजनिक ट्रेलरले सिनेमाको कथा खोलेको छैन । तर, धर्मको कठोर नियम र अनुशासनको वरिपरि रहने लभस्टोरी नै चलचित्रको मुख्य कथा रहेको ट्रेलरले संकेत गरेको छ । 

हरिहर र नीताको मुख्य अभिनय रहेको चलचित्रमा दक्षिण भारतीय कलाकार ब्रह्मानन्दम, प्रदीप रावत, सुनिल वर्मालगायतको पनि अभिनय छ ।

ट्रेलर सार्वजनिक कार्यक्रममा अभिनेत्री ढुंगानाले दुई वर्ष लगाएर चलचित्र बनाएको र दर्शकले साथ दिने विश्वास व्यक्त गरिन् ।

अभिनेता हरिहरले दर्शकको साथ र सहयोगले मात्रै आफूलाई अभिनयमा सन्तुष्टि मिल्ने बताए । उनले पनि चलचित्रमा मिहिनेत गरेको बताए ।

कात्तिक ३० गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्रमा लगानी अभिनेत्री ढुंगाना र हरिहरको छ । नीता फिल्मसकाे प्रस्तुतिमा निर्माण भएको चलचित्रका कार्यकारी निर्माता धनन्जय गलानी हुन् ।

सिनेमामा हरिहर अधिकारी, नीता ढुंगाना, व्रह्मानन्दम, अली, कवीर दुहान सिंह, प्रदीप रावत, सुनिल वर्मा र प्रशान्त ताम्राकार, सञ्चिता लुइँटेल, विपना थापा, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मा, रविन्द्र झा, आर्दश मिश्र, बुद्धि तामाङ, किरण केसीलगायत कलाकारको अभिनय छ ।

अभिनेता हरिहर अधिकारीको कथा र प्रतीक पौडेल, निर्देशक पन्त र हरिहरको पटकथा तथा संवाद रहेको सिनेमालाई बलिउडका चर्चित सिनेमाटोग्राफर कवीरलालले खिचेका हुन् । सिनेमालाई चन्द्र पन्तले निर्देशन गरेका छन् ।

प्रकाशित मिति: बुधबार, कात्तिक २१, २०८१  २३:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro