site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेपालको ऊर्जा क्षेत्रको विकासका लागि भारत भ्रमण उपलब्धिमूलक : ऊर्जामन्त्री खड्का 

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपालको ऊर्जा क्षेत्रको विकासका आफ्नो भारत भ्रमण उपलब्धिमूलक भएको बताएका छन् । भारतको नयाँ दिल्लीमा आयोजित अन्तर्राष्ट्रिय सौर्य गठबन्धन सम्मेलनमा भाग लिएर बुधबार साँझ नेपाल फर्किएका मन्त्री खड्काले त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा पञ्चेश्वर, अरूणलगायत आयोजनालाई चाँडै अगाडि बढाउने विषयमा भारतसँग सकारात्मक छलफल भएको बताए ।

“नेपाल–भारतबीचमा आयोजना अगाडि बढाउने विषयमा रहेका असहमतिलाई एक आपसमा समन्वय गरी तत्काल अगाडि बढाउने विषयमा दुई देशबीच सहमति भएको छ,” मन्त्री खड्काले भने ।

मन्त्री खड्काले भारतले नेपालको विषयमा धेरै चासो र चिन्ता लिएको पाएको बताए । उनले नेपाल सरकारले सन् २०३५ सम्म २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यलाई कसरी परिपूर्ति गर्ने भनेर भारतका ठूला व्यवसायी र संस्थासँग छलफल गरेको बताए ।

उनले अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आईएसए) सम्मेलनका क्रममा नेपालको सौर्य ऊर्जाको विकासमा आईएसएले सहयोग गर्ने प्रतिबद्धता जनाएको बताए ।

भारत भ्रमणका क्रममा मन्त्री खड्काले भारतका जलशक्ति मन्त्री सीआर पाटिल, अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आईएसए) का अध्यक्ष एवम् भारतका नवीन एवं नविकरणीय ऊर्जामन्त्री प्रल्हाद वेंकटेश जोशी र विद्युत्‌मन्त्री मनोहरलाल खट्टरसँग छुट्टाछुट्टै भेट गरेका थिए । मन्त्री खड्काले भारतका ऊर्जामन्त्रीले नेपालमा आउने प्रतिबद्धता व्यक्त गरेको बताए । 

मन्त्री खड्काले जलविद्युत्‌मा लगानी र काम गर्ने वातावरण बनाउन थप आवश्यकता रहेको बताए । उनले काम गर्ने वातावरण भए नेपालमा भारतका मल्टिपल कम्पनीहरू नेपालको जलविद्युत्‌का काम गर्न उत्साहित देखिएको उल्लेख गरे ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक २१, २०८१  २२:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro