site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
विजय भन्छन्– ‘पूर्ण बहादुरको सारङ्गी’को सिक्वेल बने पनि खेल्दिन होला

काठमाडौं । चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’को सिक्वेल नबनाउन अभिनेता विजय बरालले निर्माणपक्षलाई सुझाव दिएका छन् । चलचित्रले राम्रो ग्रसकलेक्सन गर्‍यो भन्दैमा सिक्वेल बनाइहाल्नुपर्छ भन्ने नरहेको उनको धारणा छ ।

निर्माताका लागि सिक्वेल निर्माण फाइदा भए पनि अभिनेताका लागि हितकर नहुने उनको बुझाइ छ । “सिक्वेल बन्नु एक्टरका लागि राम्रो होइन । मेरो सुझाव मान्ने हो भने सिक्वेल बन्नु हुँदैन भन्छु,” विजय भन्छन्, “यदि, पूर्ण बहादुरको सारङ्गीको सिक्वेल बन्ने भयो र मलाई अफर आयो भने सम्भवत म काम गर्दिनँ होला । सतप्रतिशत गर्दिन त भन्दिनँ तर २५ परसेन्ट होल्ड नै गर्छुहोला ।”

‘पूर्ण बहादुरको सारङ्गी’मा सिक्वेल निर्माणका लागि ठाउँ भने छोडिएको छ । तर पूर्णबहादुरको क्यारेक्टरको निधन भइसकेको छ । “मेरो क्यारेक्टर निकालेर अफर आए पनि खेल्ने कि नखेल्ने धेरैपटक सोच्छु होला,” उनले भने । आफू सिक्वेलका पक्षमा कहिल्यै पनि नरहेको उनी प्रष्ट पार्छन् । 

तर, पछिल्लो समय नेपालमा मात्रै होइन विश्वका ठूलो सिनेमा उद्योगमा पनि व्यापारिक रूपमा सफल चलचित्रको सिक्वेल अथवा सिरिज बनाउने ट्रेन्ड छ ।  
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक २१, २०८१  १७:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro