site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
तीन ‘स्विङ राज्य’मा ट्रम्पको जितसँगै ह्यारिसको सम्भावना घट्यो

काठमाडौं । अमेरिकी राष्ट्रपति निर्वाचनमा डेमोक्रेटिक पार्टीकी उमेदवार कमला ह्यारिसको विजयी सम्भावना घट्दै गएको छ । 

सात स्विङ राज्यमध्ये तीन वटामा रिपब्लिकन पार्टीका उमेदवार तथा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले जित निकालेपछि ह्यारिसको विजयी हुने सम्भावना खुम्चिदै गएको हो ।

Dabur Nepal
NIC Asia

अमेरिकी राष्ट्रपतिमा विजयी हुन कुल ५३८ मध्ये २७० इलेक्टोरल भोटको आवश्यकता पर्छ । डोनाल्ड ट्रम्पले पेनसिल्भेनिया, जर्जिया र नर्थ क्यारोलिना जस्ता स्विङ राज्यमा जित निकालेपछि उनी विजयनजिक पुगेका छन् । 

हाल ५३८ इलेक्टोरल भोटमध्ये ट्रम्पले २६६ भोट पाइसकेका छन् । ह्यारिसले १८८ इलेक्टोरल भोट प्राप्त गरेकी छन् । अब चार भोट पाए ट्रम्प अमेरिकी राष्ट्रपतिमा विजयी हुनेछन् । 

अरिजोना, मिचिगन, विस्कन्सिन र नेवाडा जस्ता स्विङ राज्यमा मतगणना जारी छ । 

अमेरिकामा केही राज्यलाई रिपब्लिकन पार्टीको गढ मानिन्छ भने केहीलाई डेमोक्रेटिक पार्टीको गढ मानिन्छ । तर, केही राज्यहरू छन् जहाँ जित वा हार भविष्यवाणी गर्न गाह्रो छ । तीनलाई स्विङ राज्य भनिन्छ ।

यसपटक पनि सातवटा स्विङ राज्यले निर्वाचन कस्ले जित्ने भन्ने निर्णय गर्नेछन् । यी स्विङ राज्यहरूको नाम एरिजोना, जर्जिया, मिशिगन, नेभाडा, नर्थ क्यारोलिना, पेन्सिलभेनिया र विस्कन्सिन हुन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक २१, २०८१  १३:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro