site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एसोसिएट स्टार मुस्तफा सुदूरपश्चिम रोयल्समा अनुबन्धित
Tiktok banner adTiktok banner ad

काठमाडौं । एसोसिएट क्रिकेटका परिचित खेलाडी रोहन मुस्तफाले नेपाल प्रिमियर लिग (एनपीएल)मा सुदूरपश्चिम रोयल्सबाट खेल्ने भएका छन् ।

यूएईबाट अन्तर्राष्ट्रिय क्रिकेट खेल्दै आएका रोहन नेपाली समर्थकका लागि परिचित अनुहार हुन् । उनले यसअघि पनि नेपालका विभिन्न फ्रेन्चाइज प्रतियोगिता खेलिसकेका छन् ।

यूएईको कप्तानसमेत गरिसकेका ३६ वर्षीय रोहनले एकदिवसीय र टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा उत्कृष्ट अलराउन्ड प्रदर्शन गर्दै आएका छन् । बायाँहाते ब्याटर रोहनले ५८ टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा एक हजार माथि रन जोड्नुका साथै २१ को औसतमा ६१ विकेट पनि लिएका छन् । 

एकै ओडीआईमा शतक प्रहार गर्नुका साथै पाँच विकेट लिने दुर्लभ कीर्तिमान पनि उनको नाममा छ । 

रोयल्सले यसअघि विदेशी खेलाडीको रूपमा न्युजिल्यान्डका बलिङ अलराउन्डर स्कट कुगेलेइन, स्कटल्यान्डका अलराउन्डर ब्रान्डन मक्मलेन र इंग्लिस क्रिकेटर सेफ अलि जेबलाई अनुबन्ध गरिसकेको छ ।

त्यस्तै, अस्ट्रेलियाका विश्वकप विजेता पूर्वक्रिकेटर ब्राड हजलाई प्रमुख मेन्टरमा छन् । दीपेन्द्र सिंह ऐरी मार्की खेलाडी रहेको सुदूरपश्चिम रोयल्सको मुख्य प्रशिक्षकमा जगत टमाटा छन् ।

रोयल्सले आइकोनिक खेलाडी टोलीमा समेट्न खुला छनोट पनि गर्दै छ । रोयल्सले कात्तिक २८ गते गर्ने ट्यालेन्ट हन्टबाट एक आइकोनिक खेलाडी र चार सूदुरपश्चिम हिरोज छनोट गर्ने छ । छनोट कार्यक्रम धनगढीमा हुने छ । आइकोनिक खेलाडी रोयल्सको एनपीएल टोलीमा समावेश हुनुका साथै चार हिरोज पनि टोलीसँग रहेर नै प्रशिक्षणमा सहभागी हुने छन् । छनोटका लागि रोयल्सले सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघसँग समन्वय गरिरहेको छ ।

नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा आठ टोलीको सहभागितामा मंसिर १६ गतेदेखि एनपीएल सुरु हुँदै छ ।

सुदूरपश्चिमको टिम

दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, अभिनास बोहोरा, विनोद भण्डारी, अर्जुन कुमाल, खडक बोहोरा, इशान पाण्डे, नरेश बुढाऐर, भोजराज भट्ट, नरेन साउद, अमित श्रेष्ठ, ब्रान्डन मक्मलेन, सेफ अलि जेब, स्कट कुगेलेइन, रोहन मुस्तफा ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक २०, २०८१  २०:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro