site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बाघबारे प्रधानमन्त्री भन्छन्– बुझ्दै नबुझी कमेन्ट लेखिदिए केटाकेटीले !
Tiktok banner adTiktok banner ad

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बाघको संख्या बढाउन नहुने बताएका छन् । शनिबार (वैशाख २७) काठमाडौंमा दोस्रो राष्ट्रिय वन सम्वर्द्धन गोष्ठीमा उनले यस्तो बताएका हुन् ।

नेपालमा हाल बाघको संख्या पर्याप्त रहेको र अब बढाउन नहुने भन्दा आफूलाई बुझ्दै नबुझी गाली गरिएको उनले उल्लेख गरे । अब पनि बाघको संख्या बढाइए उसलाई जमिन नपुग्ने प्रधानमन्त्री ओलीको भनाइ थियो ।

“अब बाघको संख्या बढाउन सकिँदैन, मिल्दैन भनेको थिएँ । धेरैवटा आयो, बा तपाईंका कुरा सबै मन पर्थ्यो, यो बाघको संख्या बढाउनु हुँदैन भनेको चाहिँ,” उनले भने, “बुझ्दै नबुझी कमेन्ट लेखिदिए केटाकेटीहरूले ।”

उनले बाघ तस्बिरमा देख्दा धेरै राम्रो भए पनि उसलाई जीवनयापन गर्न आफ्नो क्षेत्र चाहिने बताए । तस्बिरमा बाघ हेरेर कुरा नगर्न पनि उनले आग्रह गरे ।

“यो बाघ भन्ने जन्तु फोटामा हेर्दा बडो गज्जबको हुन्छ,” उनले भने, “साम्नेमा पर्‍यो भने बस् ! फोटामा बाघ हेरेर कुरा गरेर हुँदैन ।”

बाघलाई खाना नपुगे त्यसको खोजीमा बाहिर निस्कने र त्यो बेलामा मान्छे खानु हुँदैन भनेर ज्ञान बोकेर नहिँड्ने भन्दै उनले कटाक्ष गरे । बाघले कानुनको किताब पढेको नहुने भन्दै उनले मान्छे मार्नु हुँदैन, २० वर्ष जन्मकैद परिन्छ भन्ने ज्ञान नहुने बताए ।

“बाघले कानुनको किताब पढेको हुँदैन, भ्रम राख्नु हुँदैन । मान्छे मार्नु हुँदैन, २० वर्ष जन्मकैद यताउति थाहा छैन । बाघले पढेको त छैन,” उनले भने ।

प्रधानमन्त्री ओलीले बाघ खेलाँची गर्ने जनावर नभएको बताए । उनले प्रकृति संरक्षणनिम्ति बाघ जोगाउनु अनिवार्य रहेको स्पष्ट पारे । न्युज एजेन्सी नेपाल

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख २७, २०८२  १४:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro