site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सोसल मिडियालाई अंकुश लगाउनु नै आजको आवश्यकता : सञ्चारमन्त्री
Tiktok banner adTiktok banner ad

काठमाडौं । सञ्चार, सूचना तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले अराजक रूपमा प्रस्तुत हुने सामाजिक सञ्जाललाई अंकुश लगाउनु नै आजको आवश्यकता भएको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले अनलाइनका माध्यमबाट अफवाह फैलाइएको भन्दै धार्मिक, राजनीतिक र राज्यशक्तिमाथि अराजक किसिमबाट सामाजिक सञ्जालको प्रयोग हुने गरेको उल्लेख गरे ।

“आज अनलाइनको माध्यमबाट जुन किसिमको अफवाह फैलाइरहेको छ, तीनवटा शक्ति धार्मिक, राजनीतिक र राज्य शक्तिमाथि अराजक तरिकाले सोसल मिडियाको प्रयोग गरेर प्रहार गर्ने जुन परिपाटी बढेको छ, यसले प्रेसलाई बदनाम गर्ने काम भइरहेको छ,” उनले भने, “त्यसैले सोसल मिडियालाई अंकुश लगाउनु नै आजको आवश्यकता हो ।”

प्रेस स्वतन्त्रता बलियो भए मात्र प्रजातन्त्र दरिलो हुने उनले बताए । जलवायु परिवर्तनको असर बढ्दै गएको भन्दै उनले समयमै सचेत हुनुपर्नेमा जोड दिए । प्रेसजगत्ले जलवायु परिवर्तनबाट उत्पन्न समस्या र यसले विकास निर्माण र समाजमा पारेको असरबारे आमनागरिकलाई सुसूचित गर्नुपर्ने उनले बताए ।

खालि विकास मात्र भन्ने तर प्राकृतिक तौरतरिकामा कुनै मान्यता नराखिनु दुर्भाग्यपूर्ण भएको उनको भनाइ थियो ।

विकास कुनै व्यक्तिको सनकमा भइरहेकाले अबका १० वर्षपछि त्यसले निम्त्याउने समस्या कस्तो होला भनेर सञ्चार क्षेत्रले बहस चलाउनुपर्ने बेला आएको उनले बताए । न्युज एजेन्सी नेपाल

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख २७, २०८२  १४:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro