site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेपालमा के आधारमा घोषणा गरिन्छ चलचित्रलाई ‘सुपरहिट’ र ‘ब्लकबस्टर’ ?
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेपालको ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले चलचित्रलाई ‘सुपरहिट’ र ‘ब्लकबस्टर’ घोषणा गर्दै आएको छ । बक्सअफिसमा राम्रो कलेक्सन गर्ने चलचित्रलाई क्यूएफएक्सले ‘सुपरहिट’ र ‘ब्लकबस्टर’ घोषणा गर्दै आएको छ । 

पछिल्लो समयका ‘पूर्ण बहादुरको सारङ्गी’, ‘सिंघम अगेन’ र त्यसअघिका ‘छक्का पञ्जा–५’ तथा ‘१२ गाउँ’लाई क्यूएफएक्सले ‘सुपरहिट घोषणा गरेको थियो ।

क्यूएफएक्सका सञ्चालकमध्येका एक भाष्कर ढुंगाना एक हप्तामा डेढ करोडभन्दा माथि ग्रसकलेक्सन गर्ने चलचित्रलाई ‘सुपरहिट’को मान्यता दिने गरेको बताउँछन् । 

“एक हप्तामा डेढ करोडभन्दा माथि ग्रसकलेक्सन गर्ने चलचित्रलाई सुपरहिट र तीन दिनमा डेढ करोडभन्दा माथि ग्रसकलेक्सन गर्ने चलचित्रलाई बल्कबस्टर घोषणा गर्छौं,” भाष्कर बाह्रखरीसँग भन्छन्, “तर डेढ करोडभन्दा माथि पनि सिनेमाले कलेक्सन गरेको हुनसक्छ । तर रकम भने हामी खुलाउँदैनौँ ।” 

मार्केटिङका लागि यस्तो घोषणा गर्ने गरेको भन्दै केही समयपछि यसमा केही परिमार्जन गर्ने उनले बताए । “परिमार्जन भए पनि धेरै भने हुँदैन,” उनले भने, “सिनेमालाई मार्केटिङ गर्न सजिलो होस् भनेर हामीले यसो गर्ने गरेका हौँ ।” 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक २०, २०८१  १६:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro