site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘पूर्ण बहादुरको सारङ्गी’ले पायो ‘सुपरहिट’को मान्यता 
Tiktok banner adTiktok banner ad

काठमाडौं । चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’लाई क्यूएफएक्सले ‘सुपरहिट’ घोषणा गरेको छ । क्यूएफएक्सले ‘पूर्ण बहादुरको सारङ्गी’लाई आज सुपरहिट घोषणा गरेको हो । 

पछिल्लो समय क्यूएफएक्सले सुपरहिट र ब्लकबस्टर घोषणा गर्दै आएको छ । बक्सअफिस कलेक्सनका आधारमा क्यूएफएक्सले सुपरहिट र ब्लकबस्टर घोषणा गर्दै आएको छ । 

क्यूएफएक्सका सञ्चालकमध्येका एक भाष्कर ढुंगानाका अनुसार एक हप्तामा डेढ करोडभन्दा माथि ग्रसकलेक्सन गर्ने चलचित्रलाई ‘सुपरहिट’को मान्यता दिने गरेको बताउँछन् । 

“एक हप्तामा डेढ करोडभन्दा माथि ग्रसकलेक्सन गर्ने चलचित्रलाई सुपरहिट र तीन दिनमा डेढ करोडभन्दा माथि ग्रसकलेक्सन गर्ने चलचित्रलाई बल्कबस्टर घोषणा गर्छौं,” भाष्कर भन्छन्, “तर डेढ करोडभन्दा माथि पनि यी सिनेमाले कलेक्सन गरेका हुनसक्छ । रकम भने हामी खुलाउँदैनौँ ।” 
 

सरोज पौडेलले निर्देशन गरेको चलचित्रमा विजय बराल मुख्य भूमिकामा छन् । ‘पूर्ण बहादुरको सारङ्गी’मा विजय बरालसँगै प्रकाश सपूत, मुकुन भुसाल, अञ्जना बराइलीलगायत कलाकारको मुख्य भूमिका छ । 

चलचित्रमा संवाद महेश दवाडीले लेखेका छन् । निर्माता विनोद पौडेल र प्याट्रिक सुवेदी हुन् । 

कार्यकारी निर्मातामा रमेश चौलागाईं, हरि श्रेष्ठ र रमेश ढकाल छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक २०, २०८१  १५:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro