site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेतृत्वविहीन बन्दै स्वास्थ्य बिमा बोर्ड 

काठमाडौं । स्वास्थ्य बिमा बोर्ड नेतृत्वविहीन बन्ने अवस्थामा पुगेको छ । अध्यक्षले राजीनामा दिएको र कार्यकारी निर्देशकको कार्यकाल सकिन लागेकाले नेतृत्वविहीन बन्ने अवस्थामा पुगेको हो । 

२०८० मंसिर १४ मा बोर्ड अध्यक्ष नियुक्त भएका डा. गुणराज लोहनीले तीन वर्ष दुई महिना कार्यकाल बाँकी रहँदै राजीनामा दिएका थिए । उनको राजीनामा हालसम्म मन्त्रिपरिषद्बाट स्वीकृत भएको छैन । 

कार्यकारी निर्देशक डा. दामोदर बसौला चार वर्षे कार्यकाल  सकेर यही कात्तिक २५ गते बिदा हुँदै छन् । यसअघिको कार्यकालमा पनि तत्कालीन अध्यक्ष डा. सेनेन्द्रराज उप्रेतीको राजीनामा ढिला स्वीकृत भएको र नयाँ अध्यक्ष नियुक्त नभएका कारण बोर्ड आठ महिना अध्यक्षविहीन बनेको थियो ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक २०, २०८१  ११:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro