site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
एमालेबाट कीर्तिपुरको मेयर उमेदवारमा सुरेन्द्र मानन्धर सिफारिस
तस्बिर : सुरेन्द्र मानन्धरको फेसबुकबाट ।

काठमाडौं । नेकपा (एमाले)बाट आगामी उपनिर्वाचनका लागि कीर्तिपुर नगरपालिकाको मेयरको उमेदवारमा सुरेन्द्र मानन्धर सिफारिस भएका छन् ।

एमालेको कीर्तिपुर नगरपालिका कमिटीले मेयरको उमेदवारमा मानन्धरको नाम सर्वसम्मतरूपमा सिफारिस गरेको एमाले नेता राजन भट्टराईले जानकारी दिएका छन् ।

कीर्तिपुरका तत्कालीन मेयर राजकुमार नकर्मीको गएको साउन १० गते राति निधन भएको थियो । नकर्मी गत स्थानीय चुनावमा नेपाली कांग्रेसबाट मेयरमा निर्वाचित भएका थिए । 

आगामी मंसिर १६ गते स्थानीय तहको उपनिर्वाचन हुने तय भएको छ । स्थानीय तहमा हाल रिक्त जिल्ला समन्वय समितिका दुई प्रमुखसहित ३९ जनप्रतिनिधिको बाँकी कार्यकालका लागि उपनिर्वाचन हुँदै छ ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक १६, २०८१  १८:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro