site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
तिहार बिदामा ठूला अस्पतालमा कुन सेवा बन्द कुन खुला ? 

काठमाडौं । यसवर्षको तिहार बिदा बिहीबार (आज)देखि सुरु हुँदै छ । कात्तिक १५ देखि १९ गतेसम्म सरकारी बिदा तोकिएको छ ।
 
तिहार बिदामा अधिकांस ठूला अस्पतालका बहिरंग ओपीडी सेवा बन्द रहनेछन् । केहीले ‘हाफ’ ओपीडी सेवा सुचारु गर्ने भएका छन् । 

कुन अस्पतालमा कस्ता सेवा बन्द ? 
काठमाडौं उपत्यकाका अधिकांश ठूला अस्पतालमा तिहार बिदामा ओपीडी सेवा बन्द रहनेछ । वीर, कान्ति, त्रिवी शिक्षण अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, पाटन अस्पतालमा कात्तिक १५ देखि १९ गतेसम्म ओपीडी सेवा बन्द रहनेछ । 

यो अवधिमा इमर्जेन्सी र भर्ना भएका बिरामीको (इनपेसेन्ट)सेवा भने सुचारु रहनेछ । परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा भने आगामी शुक्रबार र सोमबार हाफ ओपीडी खुला रहनेछ । 

यी दिनमा बिहान ७ देखि मध्याह्न १२ बजेसम्म ओपीडी सेवा दिइने अस्पतालले जनाएको छ । ओपीडी सेवाका निम्ति बिहान १० बजेसम्म टिकट लिइसक्नुपर्ने व्यवस्था अस्पतालले गरेको छ । 

यसबाहेक इमर्जेन्सी अन्तरगतका सुम्पूर्ण सेवा सुचारु हुने अस्पतालले जनाएको छ । कात्तिक २० गतेदेखि भने सबै अस्पतालमा नियमित सेवा सञ्चालन हुनेछन् । 

दसैँ तिहारबाहेकका सार्वजनिक बिदामा ओपीडी सेवा सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयले नयाँ क्यालेन्डर सार्वजनिक गरेको थियो । जसअनुसार २४ वटा सार्वजनिक बिदा निर्धारण गर्दै सर्वसाधारणको सुविधाका निम्ति ओपीडी सेवा सञ्चालन गर्नुपर्ने व्यवस्था गरिएको छ । 

तर, दसैँ र तिहारको बिदामा भने पूर्णरूपमा बन्द गर्न पाइने व्यवस्था छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले २०८१ भदौ ७ गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्राचार गर्दै सार्वजनिक बिदाका दिनमा समेत ओपीडी सेवा प्रवाह गर्ने व्यवस्था गर्न भनेको थियो ।

सार्वजनिक सेवा प्रवाहसम्बन्धी विशेष व्यवस्थाअनुसार पनि २०८० माघ २९ गते प्रकाशित नेपाल राजपत्रमा पनि बिदाका दिनमा स्वास्थ्य संस्थाहरू सामान्य दिनसरह सबै प्रकारका स्वास्थ्य सेवा सुचारु रहने उल्लेख छ । 

मन्त्रालयले सोहीअुनसार गर्न अस्पतालहरूलाई निर्देशन दिएको थियो । जसअनुसार सबै संघीय अस्पतालहरूले तोकिएका सार्वजनिक बिदामा पनि ओपीडी सेवा प्रवाह गर्दै आएका छन् । 

यस्तै संघीय अस्पतालहरुले दुई सिफ्ट ओपीडी र एक्स्टेन्डेड हेल्थ सर्भिसइएचएसमार्फत सेवा दिँदै आएका छन् ।  

यी सर्वाजनिक बिदामा खुल्छन् सरकारी अस्पतालका ओपीडी  
सरकारले अस्पतालका सम्पूर्ण सेवा सञ्चालन गर्नुपर्ने भनि तोकेका २४ वटा सार्वजनिक बिदा छन् । जसमा पर्व, जात्रा, सार्वजनिक दिवस र जयन्ती पर्ने २४ दिनमा ओपीडी सेवा सञ्चालन हुँदै आएका छन् । 

पर्व बिदा
१.रामनवमी २. चण्डी पूर्णिमा/वैशाख पूर्णिमा उभौली पर्व ३. रक्षाबन्धन ४. श्रीकृष्ण जन्माष्टमी ५. घटस्थापना ६.क्रिसमस डे ७. धान्य पूर्णिमा/उधौली पर्वरयोमरी पुन्ही /ज्यापु दिवस ८. तमु ल्होसार ९.माघी पर्व/माघे संक्रान्ति १०. सोनम ल्होसार ११.महाशिवरात्री १२.ग्याल्पो ल्होसार १३. ईद /ईद उल फित्र १४.वकर ईद/ईद उल अजहा  ।

जात्रा बिदा
१.गाईजात्रा २.इन्द्रजात्रा ३.मत्स्येन्द्रनाथको भोटो देखाउने जात्रा ४.घोडेजात्रा बिदा ।

सार्वजनिक दिवस
१.गणतन्त्र दिवस २.सहिद दिवस ३.राष्ट्रिय प्रजातन्त्र दिवस ४.अन्तर्राष्ट्रिय महिला दिवस ।

जन्मजयन्ती बिदा
१.बुद्ध जयन्ती २.पृथ्वी जयन्ती /राष्ट्रिय एकता दिवस ।
 

प्रकाशित मिति: बिहीबार, कात्तिक १५, २०८१  ०७:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro