site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रोयल इन्फिल्ड नेपालद्वारा राइडर साह सम्मानित

काठमाडौं । भारतमा सम्पन्न र्‍याली अफ हिमालयाजको चौथो संस्करणअन्तर्गत ग्रुप डी अर्थात् रोयल इन्फिल्ड क्लासमा विजेता बनेका नेपाली राइडर दीपक साहलाई रोयल इन्फिल्ड नेपालले सम्मान गरेको छ । काठमाडौंमा आयोजित कार्यक्रममा उनलाई सम्मान पत्र र नगद ९५ हजारसहित सम्मान गरिएको हो ।  

प्रसिद्ध राइडर दीपक साहले असोज १६ गतेदेखि २० गतेसम्म (२ अक्टोबर–६ अक्टोबर) भारतमा आयोजना भएको र्‍याली अफ हिमालयाजको चौथो संस्करणमा रोयल इन्फिल्ड हिमालयन ४११ चलाएर नेपालको प्रतिनिधित्व गरेका थिए । यो रोमाञ्चक अफरोड मोटरस्पोर्ट इभेन्ट चुनौतीपूर्ण भू–भाग, अप्रत्याशित मौसम र हिमालयन मार्गहरूको लागि प्रसिद्ध छ ।

हिमालयन एक्स्ट्रिम मोटरस्पोर्ट्सका चिफ तथा १२ पटकसम्मका रेड डी हिमालय तथा अन्य धेरै र्‍याली विजेता सुरेश रानाले राइडर साहलाई ट्रफी हस्तान्तरण गरे । राइडर साहले नेपालीको पहिचान ढाका टोपी र राष्ट्रिय झन्डा साथमा लिएर ट्रफी ग्रहण गरेका थिए ।

विश्व मोटरसाइकल फेडरेसन (एफआईएम)सँग आबद्ध भारतको संस्था फेडरेसन अफ मोटर स्पोर्ट्स क्लब अफ इन्डिया (एफएमएससीआई)मा रजिस्टर भएको सो इभेन्टमा एफआईएम तथा एफएमएससीआईको विभिन्न नियम पालना गर्नु आवश्यक हुन्छ । सो र्‍यालीमा टाइम, स्पिड र डिस्ट्यान्स (टीएसडी) का आधारमा विजेता छनोट गरिने कम्पनीले जनाएको छ । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक १४, २०८१  १८:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro