site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
स्पेनको एक भवनमा विस्फोट, तीनजनाको मृत्यु
तस्बिर : एएफपी ।

बार्सिलोना । स्पेनको उत्तरी सहर सान्टान्डरमा शनिबार विस्फोटमा परी तीनजनाको मृत्यु भएको छ । घटनामा १० जना घाइते भएका स्थानीय अधिकारीले बताएका छन् ।

घटना स्थानीय समयानुसार बिहान ४ बजेतिर एउटा सानो आवासीय भवनमा भएको थियो ।

विस्फोटसँगै तीनतले भवनमा आगलागी भएको थियो । विस्फोटको कारण अझै अज्ञात रहेको क्यान्टाब्रिया क्षेत्रको राजधानी सान्टान्डर सहरका मेयर गेमा इगुआलले बताए ।

विस्फोटपछि अरू केही भवनका बासिन्दालाई सावधानीका निम्ति खाली गराइएको थियो ।

स्थानीय आकस्मिक सेवाका अनुसार, १० जनालाई अस्पताल लगिएको थियो । दुईजना सामान्य उपचारपछि ‘डिस्चार्ज’ भइसकेका छन् । रासस/एएफपी

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शनिबार, कात्तिक १०, २०८१  २२:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro