प्रविधि
लस एन्जलस । अमेरिकी नेसनल एरोनटिक्स एन्ड स्पेस एड्मिनिस्ट्रेसन (नासा)को स्पेसएक्स क्रु–८ अन्तरिक्षयात्री अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन (आईएसएस)मा सात महिनाको वैज्ञानिक अभियान पूरा गरेर शुक्रबार पृथ्वीमा फर्किएका छन् । चालक दल बोकेको स्पेसएक्स ड्रयागन अन्तरिक्षयान शुक्रबार अमेरिकी समयानुसार बिहान ३ः२९ मा फ्लोरिडाको पेन्साकोला तटमा अवतरण गरेको हो ।
चार सदस्यीय चालक दलमा नासाका अन्तरिक्षयात्री म्याथ्यु डोमिनिक, माइकल ब्यारेट, जेनेट एप्सका साथै रोस्कोसमस अन्तरिक्षयात्री अलेक्ज्यान्डर ग्रेबेन्किन रहेका छन् ।
यो नासाको स्पेसएक्ससँग आईएसएसमा आठौँ व्यावसायिक ‘क्रु रोटेसन मिसन’ हो । रासस/सिन्ह्वा
प्रकाशित मिति: शनिबार, कात्तिक १०, २०८१ १८:२०
प्रतिक्रिया दिनुहोस्