site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एमाले र कांग्रेसले लोकतन्त्र मर्न दिँदैनन् : प्रधानमन्त्री ओली
Tiktok banner adTiktok banner ad

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमाले र नेपाली कांग्रेसले लोकतन्त्र मर्न नदिने बताएका छन् । 

शनिबार काठमाडौंमा कोप–२९ सम्मेलनको पूर्वसन्ध्यामा नेपाल सरकार वन तथा वातावरण मन्त्रालयले आयोजना गरेको राष्ट्रिय जलवायु सम्मेलनको क्रममा उनले एमाले र कांग्रेसले लोकतन्त्र मर्न नदिने प्रतिबद्धता जनाएका हुन् । 

प्रधानमन्त्री ओलीले कांग्रेस र एमाले नेपालको राजनीतिक, सामाजिक इतिहास परिवर्तनका कुरामा अग्रणी दल रहेको बताए । उनले सामाजिक र राजनीतिक परिवर्तनमा एमाले र कांग्रेसले असाधारण योगदान गरेको उल्लेख गरे । 

उनले लोकतन्त्र देश र जनताका लागि सर्वोत्तम व्यवस्था भएको बताए । 

प्रधानमन्त्री ओलीले वन क्षेत्रलाई सरकारले ४० प्रतिशतभन्दा तल झर्न नदिने प्रतिवद्धता जनाए । –न्युज एजेन्सी नेपाल ।
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, कात्तिक १०, २०८१  १४:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro