site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नियम

पहिले अलिक पर तरकारी पसल थियो । त्यहाँ पसलेको आफ्नो दाम हुन्थ्यो, महँगो भन्न पाइन्नथ्यो । नजिकै अर्को पसल थिएन, सबै त्यसमै झुम्मिन्थे । 
तरकारी किन्न लाम लाग्नुपर्थ्यो ।

पछि बीचमा तीनवटा तरकारी पसल खुलेछन् । अब प्रतिस्पर्धाबाट तरकारीको मूल्य निर्धारण हुन थाल्यो ।

केही दिनअघिदेखि तरकारीको गाडी नै घरनजिक आउँछ र सबैभन्दा सस्तो दाममा तरकारी बेच्छ ।

अब सबै पसलमा तरकारी गाडीवालाकै दाममा पाइन्छ ।

रामकृपाल सर भन्नुहुन्छ, ‘पानीले आफ्नो सतह आफैँ मिलाउँछ ।’

म यहीँबाट सोधी पठाउँछु, ‘रामकृपाल सर, पानीको त्यो नियम के बजारको हकमा पनि लागु हुन्छ ?’

NIBLNIBL
प्रकाशित मिति: शनिबार, कात्तिक १०, २०८१  ०९:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro