site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
लेबनानमा पाँच इजरायली सैनिकको मृत्यु

जेरुसेलम । इजरायल डिफेन्स फोर्स (आईडीएफ)ले दक्षिणी लेबनानमा रकेट प्रहार हुँदा पाँच सैनिकको मृत्यु भएको र अन्य चारजना गम्भीर घाइते भएको एक विज्ञप्तिमा जनाएको छ ।

आईडीएफका अनुसार मारिनेहरूमा दुई अधिकारीसहित आठौँ सशस्त्र ब्रिगेडका जवानहरू थिए ।

इजरायलको सरकारी स्वामित्वको कान टीभी समाचारका अनुसार सैनिकहरूले गाउँमा आपूर्ति गरिरहेका बेला लेबनानी गाउँको एउटा घर अगाडि हिजबुल्लाहद्वारा रकेटले आक्रमण गरेको थियो ।

उक्त घटनामा सात इजरायली सैनिकलाई सामान्य चोट लागेको र अन्य १० जना सामान्य घाइते भएको बताएको छ ।

यस घटनाले बुधबार र बिहीबार दक्षिणी लेबनानमा मारिएका इजरायली सैनिकको संख्या १० पुगेको छ, जबकी ११ गम्भीर घाइते भएका छन् ।

साथै, इजरायली वायुसेनाले बिहीबार दक्षिणी लेबनानमा हिजबुल्लाहको रडवान एलिट इकाईका कमाण्डर अब्बास अदनान मोस्लेमलाई मारेको छ ।

इजरायली सेनाले बिहीबार दक्षिणी लेबनानमा दुई सयभन्दा बढी हिजबुल्लाह लक्ष्यहरू आक्रमण गरका विज्ञप्तिमा भनिएको छ । रासस/सिन्ह्वा

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक ९, २०८१  २२:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro