site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
फिलिपिन्समा आँधीबाट मृत्यु हुनेको संख्या ८१ पुग्यो

मनिला । फिलिपिन्समा यस साता आएको उष्णकटिबंधीय आँधी ट्रामीबाट मृत्यु हुनेको संख्या ८१ पुगेका छन् । बाढी र पहिरोका कारण अन्य २० जना अझै बेपत्ता छन् ।

प्रहरीले मनिलाको दक्षिणी भागमा रहेको बाटांगस प्रान्तमा ४७ र मनिलाको दक्षिणपूर्वमा रहेको बिकोल क्षेत्रमा २८ जनाको मृत्यु भएको बताएको छ ।

फिलिपिन्स कोस्ट गार्डले शुक्रबार दिउँसो आफ्ना कर्मचारीहरूले नौ वर्षीय बालक र एक महिनाको शिशुलाई फेला पारेको बताएको छ ।

राष्ट्रिय प्रकोप जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषदले दक्षिणपूर्वी एसियाली देशका कम्तीमा १५ क्षेत्रका २६ लाखभन्दा बढी मानिसलाई आँधीले असर गरेको बताएको छ । रासस/सिन्ह्वा

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, कात्तिक ९, २०८१  २१:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro