site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अस्थायी विदेशी कामदार घटाउने क्यानडाको घोषणा, भारतलाई झड्का !

काठमाडौं । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले क्यानडामा अस्थायी विदेशी कामदारको संख्या घटाउने बताएका छन् । जस्टिन ट्रुडोले सोसल मिडिया प्लेटफर्म एक्समार्फत क्यानडामा अस्थायी विदेशी कामदारको संख्या घटाइने घोषणा गरेका हुन् ।

"हामी कम्पनीहरूका लागि कडा नियम ल्याउँदै छौँ । अब कम्पनीहरूले सुरुमा क्यानडाका कामदाहरू किन लिन सक्दैनौँ भनेर बताउनुपर्ने हुन्छ," उनले भनेका छन् ।

नयाँ नियमले क्यानडाका नागरिकलाई भने असर नगर्ने प्रधानमन्त्री ट्रुडो भनाइ छ । "राम्रो काम पाउन क्यानडाका नागरिकहरूले संघर्ष गर्नुपर्ने अवस्था आउनु उचित होइन," ट्रुडोलाई उद्धृत गर्दै बीबीसीले लेखेको छ ।

भारतसँग कूटनीतिक तनाव बढिरहेका बेला क्यानडाले अस्थायी विदेशी कामदार घटाउन लागेको हो । यसबाट भारत, नेपालसहित विदेशी कामदारलाई भारी असर गर्न सक्ने देखिएको छ ।

क्यानडामा विद्यार्थीसहित ठूलो संख्यामा भारतीय बस्छन् । भारतबाट लाखौँ विद्यार्थी अध्ययनका लागि क्यानडा जान्छन् ।

भारतको विदेश मन्त्रालयको डिसेम्बर २०२३ को दस्तावेज अनुसार, दुई लाख ३० हजार भारतीय विद्यार्थी क्यानडामा अध्ययनरत छन् । यस्तै, भारतीय मूलका १८ लाख क्यानडाका नागरिक हुन् । दश लाख भारतीय क्यानडामा बस्छन् ।

खालिस्तान समर्थक हरदीप सिंह निज्जरको हत्यालाई लिएर भारत र क्यानडाबीचको सम्बन्धमा निकै खराब स्थितिबाट गुज्रिरहेको छ । गत वर्ष क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले निज्जरको हत्यामा भारतीय एजेन्टको संलग्नता रहेको आरोप लगाएका थिए ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक ८, २०८१  १३:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro