site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पोखरामा अपेक्षित साथ नपाएपछि घरदैलोमा रास्वपा !
SkywellSkywell

पोखरा । सहकारी ठगी र संगठित अपराधमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने यतिबेला कास्की हिरासतमा छन् ।

गत शुक्रबार राति पोखरा ल्याइएका लामिछानेलाई प्रहरीले अनुसन्धानका लागि आज (बुधबार) सम्मको म्याद दिएको थियो ।

तर, लामिछाने पक्राउ परेकै दिनदेखि पोखरामा देशका विभिन्न ठाउँबाट आएका रास्वपा नेता कार्यकर्ताहरूले प्रदर्शन र नाराबाजी गर्दै आएका छन् । लामिछाने निर्दोष रहेको र सरकारले फसाएको भन्दै सरकारविरुद्ध पोखरामा दिनहुँ नाराबाजी भइरहेको छ । रास्वपाका पदाधिकारी तथा सांसदहरू नै पोखरामा छन् ।

KFC Island Ad
NIC Asia

तर, पोखरामा अपेक्षित साथ नपाएको रास्वपा पछिल्लो समय  घरदैलोतर्फ केन्द्रित हुन थालेको छ । दिनहुँ हुने प्रदर्शनमा पनि नेताहरूले पोखरेलीहरूलाई घरघरबाट निस्केर आन्दोलनमा साथ दिन भनिरहेका छन् । पोखरेली आउँदैनन् कि भनेर नै रास्वपाले निलो पट्टी बाँधेर गर्ने भनिएको प्रदर्शन गरेको छैन ।

RSP-PKR-1729668896.png
प्रतिनिधिसभा सदस्य तोसिमा कार्कीले सोमबारको प्रदर्शनमा रास्वपाको निलो क्रान्ति नभई सरकारविरुद्धको क्रान्ति भएकाले सबै पोखरेलीलाई घरबाट निस्केर आन्दोलनमा सहभागी हुन अपिल गरेकी थिइन् । 

तर, सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाबाट पोखराका १८ हजार ७०० भन्दा धेरै बचतकर्ता बचतकर्ताको रकम गोर्खा मिडिया नेटवर्कमा करोडमा गएको छ । सोही रकम खर्च गरेको आरोपमा रास्वपा सभापति लामिछाने कास्की प्रहरीको हिरासतमा छन् ।

अपेक्षितरूपमा आम सहयोग नपाएपछि रास्वपाले अहिले पोखरालाई १० क्लस्टरमा केन्द्रित गरेर घरदैलोमा पुग्ने नीति लिएको छ ।

सांसद कार्कीले मंगलबार सराङकोटमा स्थानीयसँग तस्बिर खिचाउँदै अन्तर्क्रियात्मक संवाद गरेको सामाजिक सञ्जालमा जानकारी गराएकी छन् ।

“पोखरा सराङकोटसँग अन्तरक्रियात्मक संवाद गरेका छौँ । नागरिक तहको यो निरन्तरको साथ समर्थन र शुभचिन्ता सहितको आशा भरोसा विश्वासलाई सदैव सम्मान गर्ने छौँ,” उनले लेखेकी छ ।

RSP-RR-1729668896.png
बुधबार पनि उनी पोखराको बैदाम क्षेत्रमा घरदैलो गरेकी छन् । रास्वपाका अनुसार, पार्टी उपसभापति स्वर्णिम वाग्ले पोखराको मासबार क्षेत्रमा घरदैलो गरिरहेका छन् । कार्यवाहक प्रवक्ता मनिष झा छोरेपाटन क्षेत्रमा खटिएका छन् । हरि ढकालले बिरौटा क्षेत्रमा डुलेका थिए ।

अन्य पार्टीहरूले भ्रमहरू छरेको र त्यसको निवारणका लागि नागरिक तहसम्म पुगेको रास्वपाले जनाएको छ ।

“यो देश परिवर्तनका लागि, युवाहरूको आशा, भरोसा कायम गर्नका लागि हामी आन्दोलनमा छौँ, यो व्यक्ति केन्द्रित आन्दोलन हुँदै होइन, राजनीतिक प्रतिशोध साँधेका छन, यिनीहरूलाई खबरदारी गर्नुछ,” कार्कीले भनिन् ।

प्रमाण नभएका कारण लामिछाने छुट्ने भन्दै उनले रास्वपा लामिछानेको पक्षमा आन्दोलन नगरेको जिकिर गरिन् ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक ७, २०८१  १३:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro