site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कोसी प्रदेशबाट विपद् व्यवस्थापनको बजेट पठाउन ढिला नगर्न माग

विराटनगर । गत वर्षको असोजमा गएको बाढीबाट प्रभावित जिल्लामा भौतिक पूर्वाधार निर्माणका लागि आठ महिनापछि निर्णय भए पनि पैसा नगएको भन्दै कोसी प्रदेशसभा सदस्यहरूले सरकारको ध्यानाकर्षण गराएका छन् । कोसी सभाको शुक्रबारको बैठकमा बोल्ने प्रदेशसभा सदस्यहरूले विपद् व्यवस्थापनमा गम्भीर हुन आग्रह गरे ।  

कांग्रेसका प्रदीपकुमार सुनुवारले क्षति भएका संरचनाको पुर्ननिर्माण नहुँदै अर्को विपत्ति आउन सक्ने भन्दै सरकारको ध्यानाकर्षण गराए । “कहिले पैसा जान्छ । कहिले मर्मत हुन्छ ? सरकारको ध्यानाकर्षण गराउँछु” उनले भने । 

Argakhachi Cement Island Ad

बीपी राजमार्गको रोशी खोला क्षेत्रमा समेत काम ढिलो हुँदा कोसी, मधेस र वाग्मती प्रदेशका मुख्य जिल्लाहरूबाट समेत आउजाउमा समस्या हुने अवस्था रहेको बताए । उनले हिउँदभर कुनै पनि निर्णय र काम नभएको भन्दै संघीय सरकारको समेत ध्यानाकर्षण गराए । 

एमालेका प्रदेशसभा सदस्य किशोरचन्द्र दुलालले प्रदेश मन्त्रालयका योजना राम्रोसँग काम हुनुपर्ने बताए । उनले सामाजिक विकास मन्त्रालयको कुनै इकाइ जिल्लामा नरहेको र स्थानीय तहबाट प्रदेशका योजना कार्यान्वयनमा असहयोग भएको बताए । उनले भने, “यस्तो कार्यले प्रदेशको सन्देश नकारात्मक भइरहेको छ । त्यसैले दुई तीनवटा जिल्लालाई कार्यक्षेत्र बनाएर भए पनि आफ्नै इकाई स्थापना गर्न सरकारको ध्यानाकर्षण गराउँछु ।”
 

प्रकाशित मिति: शुक्रबार, जेठ ९, २०८२  १६:०५
प्रतिक्रिया दिनुहोस्