site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सभामुख घिमिरेले गरे समिति सभापति र सचेतकहरूसँग छलफल

काठमाडौं । सभामुख देवराज घिमिरेले समिति सभापतिहरूसँग छलफल गरेका छन् । सभामुख घिमिरेले समिति सभापति र प्रमुख दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका हुन् । 

संसद्को आगामी अधिवेशनमा बिजनेसको अभाव हुन नदिन सभामुखले सभापतिहरूलाई बोलाएर छलफल गरेको उनको सचिवालयले जनाएको छ ।

अधिवेशन नभएको अवस्थामा सांसदहरू जिल्ला बाहिर हुने र समितिको कोरम पुर्याउन समेत कठिन भएको सभापतिहरूले सभामुखसँग गुनासो गर्दै आएका छन् ।

बैठकमा सत्तापक्ष एमालेका मुख्य सचेतक महेश बर्तौला, कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरे, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियार र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीलगायत सहभागी थिए । 

राज्य व्यवस्था तथा सुशासन समिति, पूर्वाधार विकास समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कानुन, न्याय तथा मानव अधिकार समिति र अर्थ समितिमा दफावार छलफलका लागि विधेयक रहेका छन् । 
 

प्रकाशित मिति: मंगलबार, कात्तिक ६, २०८१  १२:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro