site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
विपक्षी पाँच दलले सरकारलाई बुझाएको १३ बुँदे ज्ञापनपत्रमा के छ ? (पूर्णपाठ)

काठमाडौं । विपक्षी पाँच दलले सरकारलाई ज्ञापनपत्र बुझाएका छन् । सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्बोधन गरेर बुझाइएको १३ बुँदे ज्ञापनपत्रमा वर्तमान सरकारले गठनको झन्डै एक सय दिन पुग्न लाग्दा पनि प्रतिबद्धता अनुसार काम नभएको उल्लेख छ ।

"...सरकारको भनाइ र गराइमा कुनै तादात्म्यता देखिन छोडेको छ । सुशासन र प्रभावकारी सेवा प्रवाहका विषयमा सरकारले कुनै पनि कदम नचालेर सुशासनलाई कमजोर बनाएको छ," ज्ञापनपत्रमा भनिएको छ ।

ज्ञापनपत्रमा सरकारबाट लोकतन्त्रलाई दुई ठूला दलतन्त्रमा परिणत गर्ने र अन्य दललाई विभिन्न ढंगले कमजोर पार्ने काम गर्दै राजनीतिक सहिष्णुता प्रतिकूल व्यवहार प्रदर्शन गरिएको पनि उल्लेख छ ।

ज्ञापनपत्रमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, रास्वपाका उपसभापति डोलप्रसाद अर्याल र आमजनता पार्टीका अध्यक्ष प्रभु साहले हस्ताक्षर गरेका छन् ।


 

प्रकाशित मिति: सोमबार, कात्तिक ५, २०८१  २१:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro