site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेपाली टिमका पाँच खेलाडी परिवर्तन, रेनुकालाई कप्तानको जिम्मेवारी

काठमाडौं । साफ महिला च्याम्पियनसिप–२०२४ अन्तर्गत माल्दिभ्सविरुद्धको पहिलो रोजाइमा नेपालका पाँच खेलाडी परिवर्तन भएका छन् । सोमबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलका लागि प्रशिक्षक राजेन्द्र तामाङले भुटानविरुद्ध खेलेका पाँच खेलाडीलाई बेन्चमा राखेका हुन् ।

आजको खेलमा नियमित कप्तान एन्जिला तुम्बाप्पो सुब्बा, पूजा राना, अमृता जैसी, अमिषा कार्की र हिराकुमारी भुजेल बेन्चमा छन् । 

उनीहरूको स्थानमा गोलकिपरमा अञ्जना रानामगर, विमला विक, रेखा पौडेल, विमला चौधरी र निशा थोकरले स्थान पाएका छन् । कप्तान एन्जिला नहुँदा यो जिम्मेवारी मिडफिल्डर रेनुका नगरकोटेले पाएकी छन् ।

नेपालको पहिलो रोजाइ

अञ्जना रानामगर (गोलकिपर), विमला विक, रेनुका नगरकोटे (कप्तान), सरु लिम्बु, रश्मिकुमारी घिसिङ, गीता राना, रेखा पौडेल, प्रीति राई, विमला चौधरी, सविता रानामगर र निशा थोकर ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक ५, २०८१  १७:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro