site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
सञ्चार मन्त्रालयमा दर्ता हुँदै टिकटक, नेपालमा कार्यालय खोल्नसक्ने

काठमाडौं । छोटा भिडियो सेयर गर्न मिल्ने प्लेटफर्म टिकटक नेपालमा दर्ता हुने भएको छ । सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने सम्बन्धी निर्देशिका, २०८० अनुसार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा टिकटक दर्ता हुने भएको हो ।

सञ्चार मन्त्रालयका प्रवक्ता गजेन्द्र कुमार ठाकुरका अनुसार टिकटकका प्रतिनिधिले आइतबार मन्त्रालयमै पुगेर दर्ता प्रक्रियाका लागि आवश्यक कागजात बुझाएका हुन् ।

निर्देशिकाको तीन नम्बर बुँदामा सामाजिक सञ्जालका कम्पनी सञ्चार मन्त्रालयमा सूचीकरण गर्नुपर्ने व्यवस्था छ । टिकटकले बुझाएका कागजातको अध्ययन गरी प्रक्रियाअनुरुप दर्ता स्वीकृतगरी सूचीकरण गरिने प्रवक्ता ठाकुरले बताए ।

निर्देशिकाको बुँदा नम्बर ६ मा यसरी सूचीकरण हुने कम्पनीले गुनासो व्यवस्थापनका लागि ‘पोइन्ट अफ कन्ट्रयाक्ट्र’को व्यवस्था गर्नुपर्छ । यसरी दर्ता भएका र नेपालमा कार्यालय नरहेका सामाजिक सञ्जाल कम्पनीले तीन महिनाभित्र कार्यालय खोल्ने वा सम्पर्क व्यक्ति तोक्नुपर्ने थ्यवस्था निर्देशिकामा छ ।

टिकटक सूचीकरण हुन आएसँगै उसले निर्देशिका अनुसार नेपालमा गुनासो व्यवस्थापन एवं आवश्यक सम्पर्कका लागि कार्यालय खोल्ने वा सम्पर्क व्यक्ति तोक्ने अपेक्षा गरिएको छ । 

गतवर्षको मंसिरमा टिकटकमाथि नेपालमा प्रतिबन्ध लागेको थियो । करिब नौ महिनापछि गत भदौमा प्रतिबन्ध हटाइएको थियो । त्यसबीचमा कम्पनीले नेपालको नीति नियम मान्ने र सबै गुनासो सम्बोधन गर्न तयार रहेको बताएको थियो ।

नेपालमा सञ्चालनमा रहेका तर कार्यालय नरहेका कम्पनी ठूला करदाता कार्यालयमा दर्ता भएर डिजिटल सेवा कर तिर्दै आएका छन् । सोहीअनुसार पहिले नै दर्ता रहेको टिकटक अब सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्न बनेको निर्देशिका अनुसार सूचीकरण हुन तयार भएको हो ।

प्रकाशित मिति: सोमबार, कात्तिक ५, २०८१  १५:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro