site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
साफ महिला च्याम्पियनसिप : पहिलो हाफमा श्रीलंकाविरुद्ध भुटान २–१ ले अगाडि 

काठमाडौं । साफ महिला च्याम्पियनसिप–२०२४ अन्तर्गत समूह ‘बी’ को तेस्रो खेलमा भुटानले श्रीलंकाविरुद्ध पहिलो हाफमा २–१ को अग्रता बनाएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलमा भुटानले देकी ल्हाज्मोको गोलमा अग्रता लिएको थियो । श्रीलंकाका लागि कप्तान थुशानी मदुसीकाले बराबरी गोल फर्काएकी थिइन् । पछि दोर्जी एडोनको गोलमा भुटानले पुनः अग्रता लियो ।

Dabur Nepal
NIC Asia

खेलको १७औँ मिनेटमा देकीले नामगेल देमाको कट्ब्याकमा गोल गरेकी हुन् । राइट साइडबाट नामगेलले दिएको कट्ब्याकमा विपक्षी खेलाडीको निगरानीमा नरहेकी देकीले वान टचमा गोल गरिन् । तर, भुटानको यो अग्रता धेरै बेर टिकेन ।

गोल खाएको पाँच मिनेटपछि नै श्रीलंकाले बराबरी गर्यो । पिएम परेराको क्रसलाई भुटानी रक्षक देकी याङ्दोमले क्लियर गर्न नसक्दा कप्तान थुशानीले पहिलो बारमा सुन्दर गोल गरिन् । उनको लोअर प्रहार भुटानी गोलकिपर संगीता मोन्गेरले बचाउन सकिनन् ।

खेलको ३२औँ मिनेटमा भुटानले २२ यार्ड पर फ्रिकिक अवसर प्राप्त गर्यो । जसलाई उसले राम्ररी सदुपयोग गर्यो । नांगेल देमाको फ्रिकिक क्रस श्रीलंकाली रक्षकले क्लियर गर्न नसक्दा दोर्जी (एडोन)ले त्यसको फाइदा उठाइन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक ५, २०८१  १४:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro