site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रिसोर्टमा भएको अपहरणमा संलग्न १७ लडाकूलाई आजीवन कारावास

मनिला, फिलिपिन्स । करिब २५ वर्षअघि मलेसियामा विदेशी र फिलिपिनो नागरिकको अपहरण गरेको अभियोगमा इस्लामिक स्टेटसम्बद्ध लडाकू समूहका १७ सदस्यलाई आजीवन कारावासको सजाय सुनाइएको फिलिपिन्सको न्याय विभागले जनाएको छ ।

सन् २००० को अप्रिलमा इस्लामिक अतिवादी समूह अबु सयैफका सदस्यहरूले मलेसियाको सिपादान टापुमा रहेको एक होलिडे रिसोर्टबाट २१ जनालाई  देखाएर अपहरण गरेका थिए ।

मनिलाबाट करिब ९५५ किलोमिटर दक्षिणमा पर्ने जोलोको जंगलमा बन्धक बनाइएका ती बन्धकहरूले लाखौं डलर फिरौती नदिँदासम्म महिनौँसम्म कैद भोगेका थिए ।

यसरी बन्धक बनाइएकाहरूमा फिलिपिन्स, फिनल्यान्ड, फ्रान्स, जर्मनी, लेबनान, मलेसिया र दक्षिण अफ्रिकाका नागरिक रहेका थिए ।

न्याय विभागले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, “यो सजाय विधिको शासन कायम राख्न न्याय विभागको अटुट प्रयासको प्रतिबिम्ब हो ।”

गत अक्टोबर १६ मा अपहरण र फिरौतीसहित गम्भीर गैरकानुनी थुनामा राखेको अभियोगमा १७ जना अभियुक्त दोषी ठहरिएका थिए । एएफपीले प्राप्त गरेको १५७ पृष्ठ लामो निर्णयमा सबैलाई प्रत्येक अभियोगमा आजीवन कारावासको सजाय सुनाइएको उल्लेख छ ।

दोषी ठहरिएका दुईजना हिलारीयन डेल रोसारियो सान्तोस तृतीय र रेडेन्डो केन डेलोसा संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को प्रतिबन्ध सूचीमा परेका छन् ।

सन् २००८ मा सान्तोस र डेलोसालाई अलकायदा र ओसामा बिन लादेनसँग ‘सम्बन्ध’ र आइएससँग सम्बन्धित लडाकू समूह अबु सयैयफ, जेमाह इस्लामियाह र राजा सोलेमान मुभमेन्टको कारबाहीमा सहभागी भएको आरोप काउन्सिलले लगाएको थियो ।

सन् २०२० मा अपहरणको घटना भएदेखि नै अपहरणकारीलाई आतंकवादको अभियोग लगाउन नमिल्ने र देशमा यस्तो कानुन लागु हुनुभन्दा पहिले नै को घटनाका अपहरणकारीलाई आतंकवादको अभियोग लगाउन नमिल्ने बताइएको छ ।

अभियुक्तहरूलाई २१ जना पीडितहरूलाई नागरिक क्षतिपूर्ति, नैतिक र अनुकरणीय क्षतिका लागि करिब पाँच हजार २२८ अमेरिकी डलर तिर्न आदेश दिइएको थियो । रासस/एएफपी 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, कात्तिक ५, २०८१  १२:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro