site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
‘१२ गाउँ’को सिक्वेल निर्माण हुने, ‘बलिदान’पछि काम सुरु 

काठमाडौं । चलचित्र ‘१२ गाउँ’को सिक्वेल बन्ने भएको छ । ‘१२ गाउँ’ राम्रोसँग चलेपछि निर्माणपक्षले यसको सिक्वेल बनाउने तयारी गरेको हो । 

एक सातामा १० करोडभन्दा माथि ग्रसकलेक्सन गरेको चलचित्र अहिले पनि सतप्रतिशत अकुपेन्सीमा चलिरहेको वितरक गोविन्द शाही बताउँछन् । अष्टनारायण हलमा पहिलोपटक अबेर रातिको शो फूल अकुपेन्सीमा चलेको उनले बताए । 

Dabur Nepal
NIC Asia

“निर्माणपक्षले १२ गाउँको सिक्वेल बनाउने तयारी गरेको छ । यसको स्टोरी पहिला नै थियो । त्यसमा थप काम भइरहेको छ,” निर्माणपक्षलाई उदृत गर्दै गोविन्द शाहीले बाह्रखरीसँग भने, “बलिदानको काम सकिएपछि १२ गाउँको सिक्वेलको काम हुन्छ । रिलिज पनि बलिदानपछि नै हुनेछ ।” 

सन्तोष सेनको निर्माण तथा निर्देशनमा तयार भइरहेको चलचित्र ‘बलिदान’को मुख्य भूमिकामा समीर भट्ट छन् । जो ‘१२ गाउँ’को हिरो हुन् । त्यसैले ‘बलिदान’को काम सकिएपछि मात्रै ‘१२ गाउँ’को सिक्वेल निर्माण हुनेछ । 

‘१२ गाउँ’ बिराज भट्टले निर्देशन गरेको चलचित्र हो । जसमा बिराज र समीर मुख्य भूमिकामा छन् । 

‘१२ गाउँ’को क्लाइमेक्समा अनुसन्धान बाँकी नै रहेको र धेरै कुरा पत्ता लाग्ने क्रममा रहेको बताइएको छ । यसले सुरुमै निर्माणपक्षले सिक्वेलका लागि ठाउँ छोडेको देखिन्छ । 
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक ५, २०८१  ११:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro