site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
चेल्सीलाई हराउँदै लिभरपुल पुनः शीर्ष स्थानमा 

काठमाडौं । चेल्सीविरुद्ध २–१ को कठिन जित निकाल्दै लिभरपुल इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ । आइतबार राति घरेलु मैदान एन्फिल्डमा भएको खेलमा लिभरपुललाई जित दिलाउन मोहम्मद सालाह र कर्टिस जोनसले गोल गरे । चेल्सीका निकोलस ज्याक्सनले गोल फर्काए पनि हार टार्न सकेनन् । 

खेलको २९औँ मिनेटमा सालाहले पेनाल्टीमा गोल गरेपछि पहिलो हाफमा लिभरपुलले १–० को अग्रता बनाएको थियो । ४८औँ मिनेटमा ज्याक्सनले गोल गरेपछि घरेलु समर्थकमाझ पाहुना टिम खेलमा फर्किएको थियो । तर, त्यसको तीन मिनेटपछि जोनसले निर्णायक गोल गरेपछि लिभरपुलले तीन अंक जोड्दै शीर्ष स्थानमा पुनः कब्जा जमाएको हो । 

Dabur Nepal
NIC Asia

यसअघि, आइतबार नै भएको खेलमा वुल्भ्सविरुद्ध २–१ को जित निकाल्दै साविक विजेता म्यानचेस्टर सिटी शीर्ष स्थानमा उक्लिएको थियो । तर, त्यसको केही घण्टापछि नै लिभरपुल पुनः शीर्ष स्थानमा उक्लिएको हो ।

डच प्रशिक्षक आर्ने स्लटको प्रशिक्षणमा खेलेका ११ खेलमध्ये लिभरपुलको यो १०औँ जित हो ।

जितसँगै लिभरपुलले आठ खेलबाट २१ अंक जोडेको छ । समान खेलबाट २० अंकसहित सिटी दोस्रो स्थानमा छ । आठ खेलबाट १४ अंक जोडेको चेल्सी भने तालिकाको छैटौँ स्थानमा छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक ५, २०८१  १०:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro