site stats
बाह्रखरी :: Baahrakhari
अविच्युरी
Global Ime bankGlobal Ime bank
पर्यटन उद्यमी वसन्तराज मिश्र रहेनन् 

काठमाडौं । नेपालको पर्यटन क्षेत्रमा उल्लेखनीय योगदान दिएका स्थापित पर्यटन उद्यमी तथा टेम्पल टाइगर ग्रुप अफ कम्पनीजका कार्यकारी अध्यक्ष बसन्तराज मिश्रको ७२ वर्षको उमेरमा स्वर्गारोहण भएको छ ।

हालै डेंगी देखिएर अस्पतालमा भर्ना भएका मिश्रको मस्तिष्कमा रक्तस्राव भएर केही दिनदेखि अचेत अवस्थामा थिए । मिश्रको पारिवारिक स्रोतका अनुसार २०८१ कात्तिक ४ गते आइतबार बिहान उनको स्वर्गारोहण भएको हो ।

राष्ट्रिय र अन्तर्राष्ट्रिय मञ्चमा नेपालको पर्यटन क्षेत्रलाई उकास्नका लागि स्वर्गीय मिश्रको विगत चार दशकदेखि ठूलो योगदान रहेको थियो । नेपाल पर्यटन बोर्डको संस्थापक सदस्य भएर पहिलो नेपाल भ्रमण वर्ष सफल बनाउन उनको ठूलो योगदान रहेको थियो । 

स्वर्गीय मिश्र पाटा (प्यासिफिक एसिया ट्राभल एसोसियसन)का सदस्य तथा कोषाध्यक्ष रहेका थिए । 

कुनै पनि नेपाली उद्यमी पाटाको सो पदसम्म पुगेको त्यो पहिलो पटक थियो । उनलाई सन् २०१८ मा दक्षिण कोरियामा भएको पाटाको वार्षिक समारोहमा सो संस्थाको सबैभन्दा ठूलो उपाधिले सम्मान गर्नुका साथै जीवनभरको सदस्यता समेत प्रदान गरिएको थियो ।

त्यस अघि सन् १९९० देखि नै स्वर्गीय मिश्र पाटा नेपाल च्याप्टरका अध्यक्ष, सचिव र सदस्य भएर नेपाललाई विश्वभर चिनाउन तथा नेपालको पर्यटन क्षेत्रलाई विश्वभर फैलाउन ठूलो भूमिका खेलेका थिए ।

वातावरण र वन्यजन्तु संरक्षणमा विशेष लगाव भएका मिश्रले चितवन राष्ट्रिय निकुञ्ज भित्र टेम्पल टाइगर जङ्गल लज खोलेर व्यवसायमा हात हालेका थिए ।  पछि सरकारले राष्ट्रिय निकुञ्जभित्रका सबै रिसोर्टलाई बाहिर बस्न लगाएपछि उनले कावासोतीमा टेम्पल टाइगर ग्रीन लजको स्थापना गरेका थिए । 

उनको रिसोर्टलाई ‘ब्रिटिस एयरवेज टुरिजम फर टुमरो’को सम्मानका साथै पाटाले ‘बेस्ट ग्रीन रिसोर्ट’को अवार्ड पनि प्रदान गरेको थियो ।

नेपालको पर्यटन क्षेत्रलाई अन्तर्राष्ट्रिय रुपमा प्रवद्र्धन र प्रचार प्रसार गर्ने र कुनै पनि अन्तर्राष्ट्रिय सभा सम्मेलनमा भाग लिएर नेपाल तर्फबाट सशक्त प्रस्तुति दिने मिश्रको रिक्तता पर्यटन क्षेत्रले लामो समयसम्म भोग्नु पर्नेछ ।

स्वर्गीय वसन्तराज मिश्रले हालै ज्यानू–बसन्तराज मिश्र फाउन्डेशन स्थापना गरेर वातावरण र वन्यजन्तु संरक्षणका क्षेत्रमा रु. तीन लाख, शिक्षा सेवाको क्षेत्रमा रु. तीन लाख तथा पत्रकारिताको क्षेत्रमा रु. तीन लाख पुरस्कार प्रदान गरेका थिए । सो फाउण्डेशनले हरेक वर्ष उपर्युक्त तीन क्षेत्रमा तीन–तीन लाख पुरस्कार दिने पनि घोषणा गरेको छ । 

प्रकाशित मिति: आइतबार, कात्तिक ४, २०८१  १२:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro