site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
किर्ते नागरिकता प्रकरण : धादिङका सुब्बासहित ६ जनाको मुद्दा अदालत पुग्यो

काठमाडौं । किर्ते नागरिकता प्रकरणमा पक्राउ परेका जिल्ला प्रशासन कार्यालय धादिङका नायब सुब्बा कृष्णप्रसाद थपलियासहित ६ जनाको मुद्दा अदालत पुगेको छ । उनीहरू तिब्बती नागरिकलाई किर्ते नागरिकता बनाइदिएको आरोपमा पक्राउ परेका थिए । 

उपत्यका अपराध अनुसन्धान कार्यालयले असोज ६ गते बौद्धको फूलबारीमार्गस्थित पुष्पा लामाको घरबाट अनलाइन जुवा खेल्ने समूहलाई पक्राउ गरेको थियो । उनीहरूमध्ये एकजना तिब्बती मूलका नागरिकसँग नेपाली नागरिकता भेटिएपछि प्रहरीले अनुसन्धान थालेको थियो ।

पक्राउ परेकामध्ये तिब्बती मूलका सोनाम तामाङ भनिने सोनामको नागरिकता धादिङबाट जारी गरिएको थियो । उनको नागरिकता किर्ते रहेको आशंकापछि उनीमाथि छुट्टै अनुसन्धान थालिएको थियो ।

उनको किर्ते नागरिकता बनाउने गिरोहमा धादिङको खनियाबास गाउँपालिका–५ का रामेश्वर रिजाल, धादिङकै नेत्रावती डबजोङ गाउँपालिका–१ का मदन तामाङ, सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१ का छिरिङ वाङदिङ शेर्पा र बौद्धमा बस्दै आएका तिब्बती मूलका छिरिङ ढुङडुपको संलग्नता देखिएको थियो ।

उनीहरूलाई कार्यालयका डीएसपी रोशन खड्काको टोलीले पक्राउ गरेर थप अनुसन्धानका लागि धादिङ पठाएको थियो । धादिङ प्रहरीले थप दुईजनालाई पक्राउ गरेको हो ।

पक्राउ परेका ६ जनामाथिको अनुसन्धान सकेर धादिङ प्रहरीले अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय बुझाइसकेको छ । सुब्बा थपलियासहितको समूहले सोनाम तामाङसँग चार लाख रुपैयाँ लिएर नागरिकता बनाएर काठमाडौं पुर्‍याएको खुलेको छ । 

जुवाखालबाट समातिएकामाथि अनुसन्धान गर्दा खुल्यो किर्ते नागरिकता

प्रकाशित मिति: शुक्रबार, कात्तिक २, २०८१  १२:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro