देश
विराटनगर रथयात्रामा शंकास्पद गतिविधिमा संलग्न २६ जना पक्राउ

विराटनगर । विराटनगरमा जारी राधाकृष्ण रथयात्राका क्रममा शंकास्पद गतिविधिमा संलग्न भएको आरोपमा २६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
मोरङ जिल्ला प्रहरी कार्यालयका अनुसार, नियन्त्रणमा लिइएकामध्ये १९ जना पुरुष र सातजना महिला छन् । उनीहरूलाई प्रहरी हिरासतमा राखेर सोधपुछ भइरहेको छ । संख्या अझै बढ्न सक्ने प्रहरीको भनाइ छ ।
प्रवक्ता डीएसपी कोपिला चुँडालले रथयात्रालाई लक्षित गर्दै विराटनगरमा कडा सुरक्षा व्यवस्था लागु गरिएको जानकारी दिइन् । उनका अनुसार, मोबाइल र सिक्री हराएको उजुरीहरू पनि प्राप्त भएका छन् । रथयात्राको भिडमा हराएका तीन बालकलाई प्रहरीले सुरक्षित रूपमा फेला पारेको छ ।
प्रकाशित मिति: आइतबार, भदौ १, २०८२ २०:१८
प्रतिक्रिया दिनुहोस्