site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
उद्घाटन खेलको पहिलो हाफमा पाकिस्तानविरुद्ध भारत ४–१ ले अगाडि
SkywellSkywell

काठमाडौं । साफ महिला च्याम्पियनसिपको उद्घाटन खेलमा भारतले पाकिस्तानविरुद्ध पहिलो हाफमा ४–१ को अग्रता बनाएको छ ‌। बिहीबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलमा भारतका लागि ग्रेस डाङ्मेई, मनिषा, बालादेवी गान्गोमले गोल गरिन् । पाकिस्तानकी सुहा हिरानीले गोल फर्काइन्‌ ‌। 

खेलको सुरुवातदेखि नै पाकिस्तानी रक्षापंक्तिमाथि दबाब बनाएको भारतले पाँचौँ मिनेटमा नै अग्रता बनाएको थियो । भारतकी ग्रेसले १८ यार्ड बक्सबाट गोल गर्दै प्रतियोगिताको सबैभन्दा सफल टिमलाई अग्रतामा राखेकी हुन् । 

पहिलो गोल गरेको १२ मिनेटपछि भारतले अग्रता दोब्बर बनायो । १७औँ मिनेटमा पाकिस्तानी रक्षकबाट भएको गल्तीको फाइदा उठाउँदै मनिषाले भारतको अग्रता दोब्बर बनाइन् । 

KFC Island Ad
NIC Asia

India-1729168938.jpg
३५औँ मिनेटमा भारतले अग्रतालाई ३–० मा पुर्‍यायो । पाकिस्तानको पेनाल्टी क्षेत्रबाट पाएको इन्डाइरेक्ट फ्री किकलाई सदुपयोग गर्दै बालादेवी गान्गोमले भारतको अग्रतालाई ३–० मा राखिन् । भारतबाट बालादेवीको यो ५०औँ अन्तर्राष्ट्रिय गोल हो ।

खेलको ४२औँ मिनेटमा भारतले अग्रतालाई ४–० मा पुर्‍यायो । पहिलाको इन्जुरी समयमा पेनाल्टी पाएपछि पाकिस्तानले गोल फर्कायो । पाकिस्तानकी फरवार्ड नदिया खानलाई भारतीय कप्तान असलता देवीले पेनाल्टी बक्सभित्र लडाएपछि पाकिस्तानले पेनाल्टी पाएको थियो ‌। जसमा चुहाले कुनै गल्ती गरिनन् ।

INIDA-A-1729168960.jpg
पहिलो हाफभर भारतले करिब आधा दर्जनभन्दा धेरै गोलका अवसर सिर्जना गरेको थियो । पहिलो हाफको अधिकांश समय रक्षापंक्तिमा बिताएको पाकिस्तानले भने पेनाल्टीबाहेक अरू उत्कृष्ट अवसर सिर्जना गर्न सकेन ।

प्रतियोगितामा भारत समूह 'ए'मा छ ‌। यस समूहमा भारत र पाकिस्तानसँगै साविक विजेता बंगलादेश छन् । यस्तै, समूह 'बी'मा साविक उपविजेता नेपालसँगै माल्दिभ्स, श्रीलंका र भुटान छन् ।

नेपालले आफ्नो पहिलो खेलमा शुक्रबार भुटानसँग खेल्ने छ ।

तस्बिरहरू : हरिशजंग क्षेत्री/बाह्रखरी
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक १, २०८१  १८:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro