site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
साफ महिला च्याम्पियनसिप : नेपाली टिमको घोषणा

काठमाडौं । घरेलु मैदानमा हुने साफ महिला च्याम्पियनसिपको निम्ति नेपाली राष्ट्रिय महिला टिमको घोषणा भएको छ । 

नेपाली टिमका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले प्रतियोगिताका निम्ति सोमबार २३ सदस्यीय नेपाली टिमको घोषणा गरेका हुन् । नेपाली टिमको कप्तानी जिम्मेवारीमा गोलकिपर एन्जिला तुम्बाप्पो सुब्बा छिन् । 

साफ महिला च्याम्पियनसिपको सातौँ संस्करण नेपालमा अक्टोबर १७ देखि ३० सम्म आयोजना हुँदै छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएअनुसार प्रतियोगिताका सबै खेलहरु त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुनेछन् । प्रतियोगिताको यस संस्करणमा नेपालसँगै साविक विजेता बंगलादेश, भारत, पाकिस्तान, माल्दिभ्स, भुटान र श्रीलंका गरी दक्षिण एसियाका सात टिमको सहभागिता रहनेछ ।

नेपाली टिमः
गोलकिपरः एन्जिला तुम्बाप्पो सुब्बा (कप्तान), अञ्जना रानामगर र उषा नाथ ।
रक्षकः गीता राना, अमृता जैसी, समीक्षा घिमिरे, निशा थोकर, पूजा राना, विमला विक, हिराकुमारी भुजेल र सजनी थोकर ।

मिडफिल्डरः रेनुका नगरकोटे, प्रीति राई, सरु लिम्बु, दीपा शाही, सविता रानामगर, अनिता बस्नेत, अमिषा कार्की, विमला चौधरी । 

फरवार्डः रश्मीकुमारी घिसिङ, अनिता केसी, रेखा पौडेल र सावित्रा भण्डारी ।

प्रकाशित मिति: सोमबार, असोज २८, २०८१  १६:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro