site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
के ब्रह्माण्डमा हामी एक्लै छौँ ?

काठमाडौं । पृथ्वीभन्दा परका ग्रहमा जीवनको खोजी निरन्तर चलिरहेको छ । विज्ञानले हाम्रो आकाशगंगा तारापुञ्जमै थुप्रै ग्रहहरू रहेको देखाएको छ । तीमध्ये धेरैका कतिपय विषय पृथ्वीसँग मेल खान्छन् । पृथ्वी र अन्तरिक्षबाट गरिएको अन्वेषणबाट हाम्रो सौर्यमण्डलबाहिर हजारौँ ग्रहहरू पत्ता लागेका छन् ।

हाम्रो तारापुञ्जमा ट्रिलियनको संख्यामा ग्रहहरू हुन सक्ने अनुमान गरिएको छ । हालसम्म मानव जातिले पृथ्वीबाहिर कुनै जीवनको अस्तित्व वा प्रमाण भने फेला पारेको छैन । त्यसैले ब्रह्माण्डमा जीवन सहजै सुरु हुन्छ र सामान्य छ वा निकै दुर्लभ र अविश्वसनीय भन्ने प्रश्न महत्त्वपूर्ण बनेको छ ।

Dabur Nepal
NIC Asia

मानव जातिको हजारौँ वर्षको इतिहासमा ब्रह्माण्डको चिन्तन, खोज तथा अन्वेषण थप विकसित हुँदै गएको छ । यसले हाम्रो सूर्यभन्दा परका ताराहरू पनि ग्रहसहित अस्तित्वमा रहेको पुष्टि भएको छ । अनेकौँ किसिमका त्यस्ता तारा र ग्रहमध्ये केही सूर्य तथा पृथ्वीसँग मेल खाने पनि छन् ।

यीमध्येका कुनै पनि ग्रहमा जीवन छ वा छैन भन्ने मुख्य प्रश्न छ । यो प्रश्नले पृथ्वीभन्दा पर मानव जातिभन्दा उन्नत जीवन छ भन्ने प्रमाणको अभाव र त्यस्तो सम्भावना नभएको होइन भन्ने तर्कबीचको भिन्नता अर्थात् ‘फर्मी प्याराडक्स’ उत्पन्न भएको छ ।

भौतिकशास्त्री एनरिको फर्मीले ब्रह्माण्डको अर्बाैँ वर्षको अस्तित्वले तारापुञ्ज नाघ्न सक्ने इन्टेलिजेन्ट र धेरै प्रविधियुक्त जीवन विकासको सम्भावना निकै सुस्त गतिमा भए पनि पर्याप्त समय भएको धारणा राखेका थिए । त्यसो हुँदा पनि किन ब्रह्माण्ड निकै शान्त छ, अरू कहाँ छन् ? भन्ने प्रश्न उनले गरेका थिए ।

पछिल्ला दशकमा एक्सोप्लानेटको खोज बढ्दै गएपछि निकै बहसको विषय बनेको ड्रेक इक्वैसनले कुनै बेला कति इन्टेलिजेन्ट सभ्यता छन् भनेर पत्ता लगाउन सक्ने ठानिएको छ । खगोल भौतिकशास्त्री डा. फ्रेंक ड्रेकले सन् १९६१ को नोभेम्बरमा तारापुञ्जमा हुन सक्ने सभ्यता पत्ता लगाउने समीकरण अघि सारेका थिए । त्यसैलाई नै ड्रेक समीरण भनिन्छ । यसबाट भविष्यमा मानव जाति एक्लै नरहने र थप विकसित सभ्यतरूबारे पत्ता लाग्न सक्ने अपेक्षा गरिएको छ ।

मानव जातिले ब्रह्माण्डमा जीवनको खोजी गरिरहँदा हाम्रै आकाशगंगा तारापुञ्जमा निकै धेरै पृथ्वीजस्तै आकारका र ताराको परिक्रमा गरिरहेका ग्रह भेटिएका छन् । ती ग्रहले सतहमा तरल रूपमा पानी रहन सक्ने दूरी अर्थात् ह्याबिटेबल जोनबाट आफ्नो ताराको परिक्रमा गरिरहेका छन् ।

टेलिस्कोपदेखि रिमोट सेन्सिङ प्रविधि उन्नत हुँदै जाँदा पनि हालसम्म पृथ्वीबाहिर कुनै किसिमको जीवन भने फेला परेको छैन । एजेन्सी

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज २७, २०८१  ११:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro