site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
प्रविधि
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ब्रह्माण्डमा रहेका यी हुन् पृथ्वीजस्ता १० ग्रह
SkywellSkywell

काठमाडौं । सन् १९९५ मा पहिलोपटक एक एक्सोप्लानेट (बाह्य ग्रह)ले सूर्यजस्तै ताराको परिक्रमा गरिरहेको पुष्टि भएयता वैज्ञानिकले पाँच हजारभन्दा बढी यस्ता टाढाको संसार पत्ता लगाएका छन् । यीमध्ये आधाभन्दा बढी खोज नासाको केप्लर स्पेस टेलिस्कोपले गरेको छ ।

यो टेलिस्कोप सन् २००९ मा आकाशगंगा तारापुञ्जमा पृथ्वीजस्तै अरू ग्रहको खोजी गर्न प्रक्षेपण गरिएको थियो । दुई हजार ६०० भन्दा बढी एक्सोप्लानेट यो टेलिस्कोप सन् २०१८ मा इन्धन सकिएसँगै ‘रिटायर्ड’ भएको नासाले घोषणा गरेको थियो ।

पृथ्वीजस्तै ग्रह फेला पार्नु वैज्ञानिकको लामो समयदेखिको सपना छ । पछिल्ला समय फेला परिरहेका एक्सोप्लानेटले हाम्रो आकाशगंगामा पृथ्वीजस्ता चट्टानी अरू संसार पनि रहेको देखाएको छ । सौर्यमण्डलबाहिर कुनै पनि ताराको परिक्रमा गर्ने ग्रहलाई एक्सोप्लानेट भनिन्छ ।

KFC Island Ad
NIC Asia

कुनै पनि ग्रहमा जीवनको सम्भावना रहेको भन्न त्यो सानो, चट्टानी र बस्नयोग्य दूरी अथवा ह्याबिटेबल जोनबाट आफ्नो ताराको परिक्रमा गरिरहेको हुनपर्ने भनिएको छ । ग्रहको सतहमा पानी तरल रूपमा रहन सक्ने क्षेत्रलाई एक्सोप्लानेटको ह्याबिटेबल जोन भनिएको छ ।

टेलिस्कोपहरू अत्याधुनिक हुँदै गएसँगै त्यहाँ जीवनको सम्भावना हुन यस्ता ग्रहको वायुमण्डल र त्यसको ताराको गतिविधिलाई पनि ध्यानमा राख्न थालिएको छ । पृथ्वीजस्तै अर्काे ग्रह पाउन अहिलेसम्म सम्भव भएको छैन । तर, केही विषय मेल खाने पृथ्वीजस्तै ग्रहहरू फेला परेका छन् । तीमध्येका १० बारे यहाँ उल्लेख गरिएको छ ।

ग्लिस ६६७ सीसी
यो एक्सोप्लानेट पृथ्वीबाट २२ प्रकाश वर्ष टाढा छ । र, ४.५ गुणा ठूलो छ । प्रकाशले एक वर्षमा पार गर्ने दूरीबराबर एक प्रकाश वर्ष हुन्छ । प्रकाशको गति प्रतिसेकेन्ड करिब तीन लाख किलोमिटर हुन्छ ।

यसले करिब २८ दिनमा आफ्नो ताराको परिक्रमा गर्छ । तर, यसको तारा पृथ्वीभन्दा चिसो ठानिएका कारण यो ह्याबिटेबल अथवा बस्नयोग्य क्षेत्रमा हुन सक्ने आकलन छ । यो चिलीस्थित युरोपियन साउर्थन अब्जरभेट्री ३.६ मिटर टेलिस्कोपबाट पत्ता लागेको थियो ।

केप्लर २२ बी
पृथ्वीबाट ६०० प्रकाश वर्ष टाढा र २.४ गुणा ठूलो यो ग्रह पनि बस्नयोग्य क्षेत्रमा हुन सक्ने ठानिएको छ । यसमा चट्टान, तरल वा ग्यास के छ भन्ने स्पष्ट छैन । यसले २९० दिनमा आफ्नो ताराको वरिपरि एक फन्को मार्छ । जी क्लासको यसको तारा पृथ्वीभन्दा सानो र चिसो छ ।

केप्लर ६९ सी
एक्सोप्लानेट केप्लर ६९ सी पृथ्वीबाट २७ सय प्रकाश वर्ष टाढा छ । र, पृथ्वीभन्दा ७० प्रतिशत ठूलो छ । यसको बनावटबारे पनि वैज्ञानिक स्पष्ट छैनन् । हाम्रो सौर्यमण्डलको भेनस ग्रहबराबरको अवधिजस्तै यसले २४२ दिनमा आफ्नो ताराको परिक्रमा गर्छ । यसको तारा सूर्यभन्दा ८० प्रतिशत चम्किलो छ ।

केप्लर ६२ एफ
पृथ्वीभन्दा करिब ४० गुणा ठूलो यो ग्रहले सूर्यभन्दा चिसो ताराको परिक्रमा गर्छ । २६७ दिनमा परिक्रमा गर्ने यो केप्लर ६२ एफ बस्नयोग्य क्षेत्रमा रहेको ठानिएको छ । यसको ताराको प्रकाश भने कम छ । पृथ्वीबाट करिब १२ सय प्रकाश वर्ष टाढा रहेको यो ग्रहमा ठूलो चट्टानी रेन्ज र समुद्र हुन सक्ने अुनमान छ ।

केप्लर १८६ एफ
यो ग्रह पृथ्वीभन्दा १० प्रतिशत सानो छ । यसले आफ्नो ताराबाट पृथ्वीको तुलनामा एकतिहाइ मात्र ताप पाउँछ । यसको तारा रातो ड्र्वाफ भएका कारण यो पृथ्वीजस्तै ग्रह भने हैन । पृथ्वीबाट यो ५०० प्रकाश वर्ष टाढा छ ।

केप्लर ४४२ बी
पृथ्वीभन्दा ३३ प्रतिशत ठूलो यो ग्रहले ११२ दिनमा आफ्नो ताराको परिक्रमा गर्छ । पृथ्वीबाट एक हजार १९४ प्रकाश वर्ष टाढा रहेको यो ग्रहमा पारिस्थितीकी रहन सक्ने अध्यननले देखाएको छ । यसले प्रकाश संश्लेषणका निम्ति आफ्नो ताराबाट पर्याप्त प्रकाश पाउने देखिएको छ ।

केप्लर ४५२ बी
सन् २०१५ मा सार्वजनिक यो ग्रह पृथ्वीजस्तै र यसको तारा सूर्यजस्तै छ । यो ग्रहको तारा पृथ्वीभन्दा ६० प्रतिशत ठूलो छ । यसको तारा सूर्यभन्दा पनि १० प्रतिशत ठूलो छ । यो बस्नयोग्य क्षेत्रमा छ । यसमा चट्टान हुने सक्ने बलियो सम्भावना छ । पृथ्वीबाट १४ सय प्रकाश वर्ष टाढा रहेको केप्लर ४५२ बीले करिब ३८५ दिनमा आफ्नो ताराको परिक्रमा गर्छ ।

केप्लर १६४ सी पृथ्वीजस्तै आकारको यो ग्रहले ह्याबिटेबल अर्थात् बस्नयोग्य क्षेत्रबाट आफ्नो ताराको परिक्रमा गर्छ । पृथ्वीभन्दा १.०६ गुणा ठूलो यो ग्रह ३०० प्रकाश वर्ष टाढा छ । सूर्यबाट पृथ्वीले पाउने प्रकाशको तुलनामा यसले आफ्नो ताराबाट ७५ प्रतिशत प्रकाश प्राप्त गर्छ । यसले करिब २० दिनमा आफ्नो ताराको परिक्रमा पूरा गर्छ ।

प्रोक्सिमा सेञ्चुरी बी
पृथ्वीबाट करिब चार प्रकाश वर्ष मात्र टाढा रहेको प्रोक्सिमा सेञ्चुरी बी सबैभन्दा नजिकको एक्सोप्लानेट हो । सन् २०१६ मा पत्ता लागेको यो ग्रह नासाका अनुसार पृथ्वीभन्दा १.२७ गुण ठूलो छ ।

यसको ताराको ह्याबिटेबल जोनमै छ । तर, आफ्नो ताराको निकै नजिक भएका कारण यसमा अत्यधिक अल्ट्राभ्वाइलेट रेडिएसन पर्छ । यसले ११.२ दिनमा आफ्नो ग्रहको परिक्रमा गर्छ ।

ट्रापिस्ट १ ई
ट्रापिस्ट १ ताराको परिक्रमा गरिरहेको यो ग्रह अरू एक्सोप्लानेटको तुलनामा बढी पृथ्वीसमान छ । ट्रापिस्ट १ ई सहित सात ग्रहले आफ्नो ताराको परिक्रमा गर्छन् । यो ग्रहमा रहेको पानी सुरुआती निर्माणका क्रममा वाष्पीकरण भएको अनुमान छ । सन् २०१८ को एक अध्ययनमा यी सातमध्येका कुनै ग्रहमा पृथ्वीका समुद्रभन्दा बढी पानी हुन सक्ने देखाएको छ । सातमध्येको ट्रापिस्ट १ ईमा सबैभन्दा धेरै जीवनको अस्तित्व हुन सक्ने ठानिएको छ । यसले करिब ६ दिनमै आफ्नो ताराको परिक्रमा गर्छ । एजेन्सी

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज २५, २०८१  २१:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro