site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
चाहना

“दुःखको मूल कारण नै चाहना हो । जब हामी चाहना राख्छौँ, दुःखी हुन्छौँ ।”

प्रवचन लामो भए पनि स्रोताहरू अत्यन्त अनुशासित भएर सुनिरहेका थिए । जिल्लाभरका सरकारी कर्मचारीहरूलाई बिदाको दिन पारेर सकरात्मक सोचबारेमा प्रवचन कार्यक्रम राखिएको थियो ।

कार्यक्रम सकिएपछि सभाहलको बाहिर प्रवचन भन्ने व्यक्ति र आयोजक एकापसमा कुरा गर्दै थिए ।

“हैन हजुर, हामीले हजुरलाई भने मुताबिक नै दिने हो । तर, सरकारी खर्च हो, नियमानुसार अग्रिम आयकर त कटाउनुपर्छ । यो भर्पाइमा दस्तखत गरौँ त हजुर,” आयोजक भन्दै थिए ।

“कहाँ करको कुरा गर्नुभएको ? त्यत्रो करमा गएपछि हातमा के पर्छ र ? मिलाउनोस् न । यहाँ आफू डेढ वर्षअगाडिदेखि एउटै गाडी लिएर हिँडिरहेको छु । हाम्रो पनि इच्छा हुन्छ नि लेटेस्ट गाडी चढ्ने,” रिसले हो कि प्रवचकको आँखा अलि रातोरातो देखियो !

(पोखरा–७, कास्की )

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज २७, २०८१  ०९:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro