site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
खानामा प्याजको प्रयोग यसकारण हानिकारक हुनसक्छ 

काठमाडौं । अधिकांश नेपाली भान्साको अनिवार्य मसलाजस्तै हो, प्याज । के प्याज तरकारी वा अरू परिकारमा नभई नहुने खानेकुरा हो त ? यसका फाइदा र बेफाइदा के–के होलान् ?

काँचो प्याजमा ८९ प्रतिशत पानी हुन्छ, जसमा १.१ ग्राम (प्रति १०० ग्राम प्याजमा) प्रोटिन पाइन्छ । यस्तै, ०.१ ग्राम फ्याट, १.७ ग्राम फाइबर, कार्बोहाइड्रेट ९.३ ग्राम पाइन्छ ।

धेरैलाई थाहा नहुन सक्छ, प्याजमा सुगरको मात्रा पनि हुन्छ भनेर । १०० ग्राम काँचो प्याजमा ४.२ ग्राम सुगर पाइन्छ । प्याजमा क्यालोरीको मात्रा निकै न्यून हुन्छ । प्रति १०० ग्राम प्याजमा जम्मा ४० क्यालोरी पाइन्छ ।

Dabur Nepal
NIC Asia

विश्व स्वास्थ्य संगठनका अनुसार, हरेक स्वस्थ महिलालाई दैनिक एक हजार ६०० र पुरुषका निम्ति दुई हजार ग्राम क्यालोरी अवश्यक हुन्छ ।

प्याजमा पानीको मात्रा धेरै हुन्छ । त्यसैले शरीरमा पानीको मात्रा पुर्‍याउन काँचो प्याज खानु उपयुक्त मानिन्छ  । उच्च रक्तचाप, कोल्स्ट्रोल नियन्त्रण र पाचनप्रक्रियालाई सहज बनाउन पनि काँचो प्याज फाइदाजनक मानिन्छ । यसको खपत भने दैनिक २०० ग्रामभन्दा बढी हुनु हुँदैन ।

यसो भन्दै गर्दा प्याजका केही बेफाइदा पनि छन्, जसले यसलाई हाम्रो भान्साको अत्यावश्यक मसला होइन भन्ने पुष्टि गर्छ । सुगरको मात्रा पनि हुने हुँदा मधुमेहका बिरामीका निम्ति दैनिक प्याजको उपभोग फाइदाजनक हुँदैन ।

पकाएको प्याजको धेरै प्रयोग ग्यास्ट्राइटिसको कारण बन्न सक्छ । १०० ग्रामभन्दा बढी प्याज नियमित खाने व्यक्तिमा बान्ता, पेट पोल्ने, चिढचिढाहट हुने समस्या देखिन सक्छ । कतिपय व्यक्तिमा प्याजको प्रयोगले छालाको एलर्जी निम्त्याउन सक्छ ।

गर्भावस्थामा प्याजको प्रयोग त्यति उपयुक्त मानिँदैन । प्याजको धेरै प्रयोगले गर्भवतीमा मुटुजन्य समस्या निम्त्याउने र गर्भको शिशुलाई समेत असर पुर्‍याउने विभिन्न अध्ययनले देखाएका छन् ।

आयुर्वेद विज्ञानले प्याजलाई शरीरका निम्ति अत्यावश्यक खाद्यमा राख्दैन । आयुर्वेदका अनुसार, प्याजले शरीरको तापक्रमलाई आवश्यकताभन्दा बढी गर्मी गराउने हुँदा यसले रिस, चिढचिढाहट बढाउँछ । एकाग्रताका साथ काम गर्न बाधा पुर्‍याउँछ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज २५, २०८१  २२:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro