काठमाडौं । आजबाट तीन नयाँ चलचित्र रिलिज भएका छन् । ‘छक्का पञ्जा–५’, ‘१२ गाउँ’ र ‘ज्वाइँ साब’ एकै दिन रिलिज भएका हुन् ।
दसैँको फूलपातीको अवसर पारेर एकै दिन तीनवटा चलचित्र रिलिज भएका हुन् ।
देशभरका मल्टिप्लेक्स र सिंगल थिएटरमा सबैभन्दा धेरै ‘छक्का पञ्जा–५’ले शो पाएको छ । दोस्रोमा ‘१२ गाउँ’को शो छ । तेस्रोमा ‘ज्वाइँ साब’ छ ।
अग्रिम टिकट बुकिङ पनि ‘छक्का पञ्जा–५’कै धेरै देखिएको छ । ‘छक्का पञ्जा–५’कै हाराहारीमा ‘१२ गाउँ’को पनि टिकट बिक्री भइरहेको छ ।
‘ज्वाइँ साब’को भने अग्रिम टिकट बुकिङ धेरै देखिएको छैन ।
‘छक्का पञ्जा–५’लाई दीपाश्री निरौलाले निर्देशन गरेकी छन् । यसमा दीपकराज गिरी, केदार घिमिरे, वर्षा शिवाकोटी मुख्य भूमिकामा छन् ।
‘१२ गाउँ’लाई बिराज भट्टले निर्देशन गरेका छन् । यसमा समीर भट्ट र बिराज स्वयं मुख्य भूमिकामा छन् ।
ज्वाइँ साब’लाई वसन्त निरौलाले निर्देशन गरेका छन् । यसमा जितु नेपाल र नीति शाह मुख्य भूमिकामा छन् ।