site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
अभिनेता विपीन कार्कीले गाए र्‍याप 

काठमाडौं । निर्देशक तुलसी घिमिरेले बनाउन लागेको नयाँ चलचित्र ‘पहाड’को एक गीतमा अभिनेता विपीन कार्कीले आफ्नो स्वर दिएका छन् ।  

आइतबार विपीनले पहाडको एक गीतमा र्‍याप भरेका हुन । गीतकार रञ्जित गजमेरको संगीतमा विपीनले ‘पहाड’का लागि र्‍याप गीत गाएका हुन् । यसअघि विपीनले चलचित्र ‘छड्के’का लागि गीत गाएका थिए । 

Dabur Nepal
NIC Asia

गीतलाई निर्देशक घिमिरेले लेखेका हुन् । घिमिरेका अनुसार यो गीतमा भारती घिमिरे र अन्य एक गायकको पनि स्वर रहनेछ । 

तिहारपछि छायांकनमा निस्किने पहाडमा विपीन कार्कीसँगै मदनकृष्ण श्रेष्ठ, सुनील थापालगायत कलाकारको अभिनय रहनेछ । चलचित्रमा सप्राइजका रूपमा अर्का एक चलेका अभिनेता र एक नव अभिनेत्रीको आगामन पनि हुने निर्देशक घिमिरेले बताएका छन् ।

५० प्रतिशत नेपालका विभिन्न पहाडी भेगमा छायांकन हुने चलचित्रको बाँकी सुटिङ भने मुम्बईमा हुनेछ । प्रि–प्रोडक्सनको अन्तिम चरणमा रहेका निर्देशक घिमिरेलेलाई प्रोडक्सन डिजाइनर भएर जेठी छोरी भावनाले सघाइरहेकी छिन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज २१, २०८१  ०७:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro